काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपाल प्रकोप र विपदका दृष्टिमा उच्च जोखिममा रहेको बताउनुभएको छ । श्रीलंकाको कोलम्वोमा आयोजित एकिकृत वहुपक्षीय जोखिम पुर्वचेतावनी सम्वन्धी मन्त्रीस्तरीय सम्मेलनलाई सम्वोधन गर्दे मन्त्री अधिकारीले नेपाल तराईको समथर भुभाग देखि उच्च हिमाली क्षेत्र सम्म फैलिएको भुगोलका कारण पनि विभिन्न प्रकारका प्रकोपको उच्च जोखिममा रहेको र प्रत्येक वर्ष बाढी, पहिरो खडेरी ,शीतलहर ,चटयाङ, हिमताल विस्फोट जस्ता घटनाका कारण ठुलो क्षति, पुर्वाधारको विनाश र आर्थिक गतिविधिमा गम्भीर प्रभाव पर्ने गरेको बताउनुभयो ।
कृषि मन्त्री अधिकारीले जोखिम सम्वन्धी सूचनालाई राष्ट्रिय तथा स्थानीय विकास योजनामा समावेश गर्न, सस्ंथागत क्षमता अभिवृद्दि गर्न र जीवनरक्षात्मक जानकारी संवेदनशील समुदायलाई समयमै पुरयाउने कार्यमा नेपाल प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो । जलवायु परिवर्तनले जोखिमहरुको आवृति र अनिश्चितता झन वढाएको उल्लेख गर्दे यसको बढी मार दुर्गम र पहाडी क्षेत्रका समुदायले खेपिरहेको मन्त्री अधिकारीले बताउनुभयो ।
जलवायु उत्थानशील तथा प्रभावकारी पुर्वसुचना प्रणालीका लागि सदस्य राष्ट्रहरु वीच साझा दृष्टिकोण र सहकार्यमा नेपालले जोड दिएको पनि मन्त्री अधिकारीले उल्लेख गर्नुभयो । श्रीलंका सरकार र क्षेत्रीय एकिकृत वहुजोखिम पुर्व चेतावनी प्रणाली९च्क्ष्ःभ्क्०० को संयुक्त आयोजनामा अफ्रिकी र एसियाली मुलुकहरुमा जोखिम र जोखिम पुर्वको पुर्व सुचना र एकिकृत प्रयासका सम्वन्धमा सम्मेलनमा छलफल भएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com