Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
भारत-पाकिस्तान तनाव

नेपाल सबै प्रकारका आतंकवाद विरुद्धको आफ्नो अडानमा दृढ छ:  परराष्ट्र मन्त्रालय

नेपाल सबै प्रकारका आतंकवाद विरुद्धको आफ्नो अडानमा दृढ छ:  परराष्ट्र मन्त्रालय

काठमाडौं । नेपालले सबै प्रकारका आतंकवाद विरुद्धको आफ्नो अडानमा दृढता दोहोर्याएको छ । भारत-पाकिस्तानबीचको तनावबारे औपचारिक धारणा सार्वजनिक गर्दै नेपालले आतंकवादविरुद्धको लडाईंमा सधैं साथ दिने पनि बताएको छ ।

बिहीबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै आतंकवाद विरुद्धको लडाईंमा नेपाल सबैको साथमा उभिएको स्पष्ट पारेको हो । छिमेकी देशहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता दोहोर्‍याएको नेपालले यस क्षेत्रको शान्तिको निम्ति दुवै मुलुकलाई देशलाई अपिल गरेको छ ।

‘२२ अप्रिल २०२५ मा भारतको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको आतंकवादी आक्रमणपछि नेपाल सरकार भारत र पाकिस्तानबीच बढ्दो तनाव प्रति गहिरो चिन्तित छ । यस आक्रमणमा एक नेपाली नागरिकले पनि आफ्नो अमूल्य जीवन गुमाएका थिए,’ परराष्ट्रले भनेको छ, ‘यस दुःखद समयमा नेपाल र भारत साझा शोक र पीडामा एकताबद्ध भएर उभिएका थिए । नेपालले सबै प्रकारका आतंकवादविरुद्धको दृढ अडान अनुरूप बर्बर आतंकवादी आक्रमणको तुरुन्तै र स्पष्ट रूपमा निन्दा गरेको थियो ।’

परराष्ट्रले दुई छिमेकी देशबीच बढ्दो तनाव कम हुने र यस क्षेत्रमा शान्ति बहाल रहनेमा आशावादी रहेको जनाएको छ । 

495259107_1226040055551392_8620136488619191840_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार