Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
युद्धविराम घोषणा

भारत र पाकिस्तानले बुद्धिमता देखाएः अमेरिकी राष्ट्रपति ट्रम्प

भारत र पाकिस्तानले बुद्धिमता देखाएः अमेरिकी राष्ट्रपति ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो रातभरिको कुराकानीपछि भारत र पाकिस्तान युद्धविरामका लागि तयार भएको भन्दै दुबैलाई बधाई दिनुभएको छ । आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै ट्रम्पले भारत र पाकिस्तान तत्काल युद्धविरामका लागि तयार भएको जानकारी गराउँदै त्यसलाई अमेरिकाले रातभरि गरेको प्रयासको परिणाम भन्नुभएको छ ।

'अमरिकाको मध्यस्थतामा रातभरि भएको कुराकानीबाट भारत र पाकिस्तान पूर्ण युद्धविरामका लागि तयार भएको जानकारी गराउन पाउँदा प्रसन्न छु, उहाँले ट्रुथ सोसलमा लेख्नुभएको छ । दुई देशले बुद्धिमता देखाएको भन्दै ट्रम्पले भारत र पाकिस्तान दुवैलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

भारत-पाकिस्तान तनाव बढ्दै जाँदा ट्रम्पले विवाद समाधानका लागि मध्यस्थता गर्न अमेरिका तयार भएको बताउनुभएको थियो । त्यसपछि शनिबार नै अमेरिकी विदेशमन्त्री मार्को रूबिओले पाकिस्तानका विदेशमन्त्री इशाक डार र सेना प्रमुख असिम मुनिरबीच टेलिफोन संवाद भएको थियो ।

संवादमा भारत र पाकिस्तान दुवैले उच्च संयमता अपनाउदै वार्तामार्फत हल खोज्नुपर्ने निष्कर्ष निस्केको थियो ।

दुबै मुलुकबीच जमिन, आकाश र समुद्रमा शनिबार साँझ ५ बजेदेखि युद्धविराम भएको हो । पाकिस्तानका सैन्य महानिर्देशक (डीजीएमओ) ले आज दिउँसो १५:३५ बजे भारतीय डीजीएमओलाई फोन गर्नुभएको थियो । दुवै पक्षले भूमि, आकाश र समुद्रमा सबै प्रकारका गोलीबारी तथा सैन्य कारबाही भारतीय समयअनुसार १७स्०० बजेदेखि रोक्ने सहमति गरेका हुन्।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार