Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
नेपाल उद्योग परिसङ्घको सुझाव

लगानी वृद्धि सहज गर्ने गरी बजेट ल्याइनुपर्ने

लगानी वृद्धि सहज गर्ने गरी बजेट ल्याइनुपर्ने

काठमाडौं । नेपाल उद्योग परिसङ्घले लगानी वृद्धिलाई सहज गर्ने गरी बजेट ल्याउन आग्रह गरेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि अर्थ मन्त्रालयमा लाई पेश गरेको सुझावमा उक्त कुरा उल्लेख छ । 

परिसङ्घले अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष शुक्रबार सुझाव पेस गर्दै निजी क्षेत्रलाई विकासको इन्जिनका रूपमा लिई आत्मविश्वाससाथ लगानी वृद्धि गर्ने नीति अवलम्बन गरी यस्ता आर्थिक नीति आगामी १० वर्षसम्म स्थिर हुने सुनिश्चितता गर्न आग्रह गरेको छ ।

परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले ‘समृद्धिका लागि जे पनि’ को भावनासहित लगानीको वातावरण निर्माण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले आगामी १० वर्षका लागि लगानी वर्ष घोषणा गरी लगानी प्रवर्धन गर्ने नीति लिन आग्रह गर्नुभयो ।

स्वदेशी उद्योगको विकास तथा प्रवर्धन गर्न सरकार तथा निजी क्षेत्रको सहकार्यलाई थप जोड दिनुपर्ने बताउँदै उहाँले आयातलाई सामान्य नियमन तथा आन्तरिक उत्पादनमा सामान्य सहुलियत उपलब्ध गराउँदा स्वदेशमा लगानी बढ्ने, उत्पादन वृद्वि हुने एवं आत्मनिर्भरतातर्फ जान सक्ने वस्तुको पहिचान गरी यस्ता उद्योगलाई प्रोत्साहन गर्न आयात निरुत्साहन गरिनुपर्ने बताउनुभयो ।

यस्तै परिसङ्घले तयारी वस्तुमा लागेको भन्सारदर भन्दा सो वस्तु उत्पादन गर्न प्रयोग हुने कच्चा पदार्थमा लाग्ने भन्सार दर कम्तीमा एक तह कम हुने कानुनी व्यवस्था ९औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा २५ को उपदफा ९घ० रहेकोमा यस्तो फरक कम्तीमा दुई तहको हुने व्यवस्था गर्न सुझाएको छ ।

आगामी वर्ष नेपालमा विद्यमान अनेक थरिका करलाई एकीकृत गर्दै सीमित प्रकारका करहरू ९आयकर, भन्सार, अन्तःशुल्क तथा मूल्य अभिवृद्धि कर० मात्र रहने व्यवस्था गर्न, मूल्य अभिवृद्धि करलाई बहुदरको ९०, ५, १३ तथा १८० बनाई यस करमा आबद्ध हुनुपर्ने न्यूनतम कारोबारको सीमालाई कम गरी सबैलाई यसै करमा आबद्ध गर्न परिसङ्घले सुझाव दिएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार