अध्यात्म
सिद्धार्थको संकल्प र बुद्धत्वको जन्म
सुप्रभात बस्न्यात
ती दिनहरुमा
भनौ आज भन्दा पच्चिससय वर्ष अगाडि
बयल गाडामा चढी
दरवार बाहिर विचरण गर्न निस्के
राजकुमार सिद्धार्थ
रोगी, बृद्द देखे नगरमा
दुःखी, प्यासी ठाउँ –ठाउँमा
अर्थी सभार लाभालस्कर
अहो ! चिन्तन लिए मनमा...
के म पनि बुढो हुुनुपर्छ ?
के म पनि रोगी हुनुपर्छ ?
के म पनि मर्नु पर्छ ?
बेचैन भए उनी
बालुवाको घर जस्तो यो शरीर
जतिखेर पनि भत्किन सक्ने
क्षणभगुंरताको असली बोध लिए मनमा
भोलि मर्नु छ भने
आज कसरी हाँस्न सकिन्छ
भोलि भनेकै आजको निरन्तरता हो
त्यसैले
उनी तत्क्षण बुढो अवस्थाको बोध गरे
उनी तत्क्षण मृत्युमा आफु जलेको देखे
अमर जीवन,
नित्य आनन्दको संकल्पमा
उनी निस्के
धेरै टाढा
रातको निन्द्रा थियो सबैको गाढा
आउने जाने स्वासको द्रष्टा
विचार रहित शुन्यताको ध्यान
आफूलाई बर्षौ आफू भित्रको खोजी
यसै गरी गर्दे गरे–
एक दिन गुरु, साधक साथी
सबै छोडी
फेरि एक्लै हिँडे
अनन्त ज्ञान रसको खोजमा
महिनौको कठोर तपस्या
भोक र प्यासको बेप्रवाह गरी
पिपलको बोटमा साधना रहित भए–
शरीर, मन र कर्म शुद्घिको
अन्तिम त्यो अवस्थामा
उनी भित्रको
परम चैतन्यको बोध भयो
पूर्व जन्महरु
आफू विभिन्न योनीहरुमा जन्म लिएको
संसार दुःखको कारण र निर्वाणा प्राप्तिको
आँखा अगाडि दुरुस्तै
सबै एक–एक गरी बोध गरे
सिद्धार्थ गौतमबाट
बुद्ध जन्मिए,
अनित्यको जीवनबाट
नित्य जीवन पाए ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com