एजेन्सी । कोल्ड प्ले एल्टन जोन, पल म्याककाट्रनी, डुवा लिपा लगायतका विश्वविख्यात बेलायती गायक एवम् सर्जकहरुले एआई अर्थात् कृत्रिम बौद्धिकताबाट आफ्नो कलालाई खतरा रहेको भन्दै प्रतिलिपि अधिकार संशोधनका लागि प्रधानमन्त्री कियर स्टामरको ध्यानाकर्षण गराउनुभएको छ ।
गायक, संगीतकार, गीतकार गरी करिब ४ सय बेलायती कलाकारहरुले हस्ताक्षर गरी यस विषयमा प्रधानमन्त्री स्टामरलाई गहिरो चिन्ता र चासो जनाउनुभएको बेलायती सञ्चारमाध्यमहरुले जनाएका छन् । हस्ताक्षर पत्रमा प्रतिलिपी अधिकार संशोधन नगरिएमा आफ्ना रचनाहरु सित्तैमा प्रविधि कम्पनीहरुलाई दिनु सरह भएको कलाकारहरुले उल्लेख गर्नुभएको छ ।
त्यति मात्र होइन, एआईका कारण सिर्जनाको शक्तिगृहका रुपमा परिचित बेलायतको छवि पनि जोखिममा पर्ने पत्रमा उल्लेख छ । साथै उहाँहरुले डाटा बिधेयकमा संशोधनका लागि प्रधानमन्त्री स्टामरको साथ खोज्नुभएको बताइएको छ जस अन्तर्गत स्रष्टाहरुको रचना एआई मोडललाई सिकाउने विषयमा प्रतिलिपि अधिकार प्राप्त व्यक्तिहरुसँग सफ्टवेयर निर्माणकर्ताहरुले पारदर्शिता कायम गर्नुपर्छ । दुबै पक्षलाई हानी नहुने गरी संशोधनको माग कलाकारहरुको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com