काठमाडौं । पोखरामा रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था र कोअपरेटिभ कलेज अफ मलेसिया बीच सम्बन्ध बिस्तार भएको छ । अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को अवसरमा सो कलेजका डाईरेक्टर जनरल दातुक मोहमद अलिविन मन्सुरको निमन्त्रणामा संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङ्गको नेतृत्वमा सहकारीका सञ्चालक, लेखा समिति र कर्मचारीहरुको एक टोलीले कलेजको औपचारिक भ्रमण गर्नुभएको हो । यस अवसरमा डाईरेक्टर जनरल दातुक मोहमद अलिविन मन्सुर र त्यहाँका व्यवस्थापन समूहले सहभागीहरुलाई स्वागत गर्दै कलेज परिसर, कक्षा कोठा, सभाकक्ष, सहकारी पसल आदि स्थानको अध्ययन अवलोकन भ्रमण गराउनुभएको थियो ।
मलेसियाको एक मात्र सहकारी शिक्षा तथा तालिम केन्द्रको रुपमा प्रख्याती कमाएको उक्त कलेज सन् १९५६ मा स्थापना भएको हो । हाल सहकारी कलेजलाई कोअपरेटिभ इन्स्टिच्यूट अफ मलेशियाको नामबाट सञ्चालन गरिएको छ । कलेजले सहकारी व्यवस्थापनमा एम.बि.ए. लेखा परिक्षण, मानव संसाधन व्यवस्थापन र डेक्सटप प्रकासन सम्वन्धी, प्रार्थना कक्षा, पुस्तकालय साथै व्यवसाय प्रशासनमा स्नातक डिग्री र अन्र्तराष्ट्रिय स्तरको तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ भने एउटा सहकारी पसल समेत सञ्चालनमा ल्याएको छ ।
हाल मलेशियाभर १६ हजार ९ वटा सहकारीमा ७२ लाख सदस्यहरु आवद्ध छन् । मलेशियामा सहकारी संघ संस्थालहरुले विशेष गरि बैकिङ्ग, बचत तथा ऋण, कृषि, यातायात, उपभोक्ता पसल, हाउजिङ्ग, निर्माण व्यवसाय, उधोग र सेवा क्षेत्रमा काम गरिरहेको कलेजका भाईस चान्सलर प्रा.डा.अजली विन महमदले बताउनुभयो ।
भेटका अवसरमा पोखरा रोयल सहकारीको तर्फबाट सञ्चालक हरिबहादुर गुरुङ्गले संस्थाले गरिरहेका असल अभ्यासहरुको संक्षिप्तमा प्रस्तुतीकरण गर्नुभएको थियो भने अध्यक्ष रुद्रकुमारी गुरुङ्ग,सचिव केशव प्रसाद ढकाल, लेखा समिति संयोजक हर्कबहादुर गुरुङ्ग, सञ्चालक एकबहादुर गुरुङ्ग लगायतले छलफलमा भाग लिनुभएको भ्रमण दलका सदस्य तथा संस्थाका अधिकृत उमनाथ आचार्यले बताउनुभयो । कार्यक्रममा दुबै टोलीका तर्फबाट मायाको चिनो साटासाट गर्नुका साथै भविश्यमा अन्तर सहकारी सम्बन्ध मार्फत मानव पूँजीको उच्चतम प्रयोग गर्दै उच्च स्तरको तालिम कार्यक्रमहरु सञ्चालन गर्ने र दुई संस्था बीच रणनैतिक सम्न्धब स्थापित हुने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो ।
स्मरण रहोस् कोअपरेटिभ कलेज अफ मलेशियाका प्रतिनिधिहरुले यस अघि पोखरा रोयल सहकारीमा दुई पटक अवलोकन गररी अनुभव आदानप्रदान गरिसकेको संस्थाका सूचना अधिकारी मीलन ढकालले जानकारी गराउनुभयो ।


Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com