Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

राष्ट्रिय सहकारी बैंकको विनियम संशोधन कार्यदल गठन

राष्ट्रिय सहकारी बैंकको विनियम संशोधन कार्यदल गठन

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडले विनियम संशोधनका लागि पाँच सदस्यीय कार्यदल गठन गरेको छ। बैंकका अध्यक्ष महेन्द्र कुमार गिरीको अध्यक्षतामा मंगलबार र बुधबार बसेको सञ्चालक समितिको बैठकले नियमकीय निकायको सुझाव अनुसार आगामी वार्षिक साधारण सभामा पेस हुने गरी बैंकका सञ्चालक अमृता सुब्बाको संयोजकत्वमा “विनियम संशोधनको कार्यदल” गठन गरेको जानकारी गराइएको छ । 

कार्यदलको सदस्यहरूमा बैंकका सञ्चालकहरू पार्वती थापा मगर, तारा गुरुङ, ध्रुवराज विष्ट र सदस्य सचिवमा बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाई रहनुभएको छ ।

कार्यदलले बैंकका सदस्यहरू, सरोकारवालासँग छलफल गरी नियमकीय निकायबाट प्राप्त सल्लाह सुझाव अनुसार विनियम संशोधनको मस्यौदा सञ्चालक समिति समक्ष पेस गर्ने अध्यक्ष महेन्द्र कुमार गिरीले जानकारी गराउनुभयो ।

त्यसैगरी बैंकका सदस्यहरूको आवश्यकतालाई सम्बोधन गर्ने सयन्त्र बनाई आगामी वर्षको कार्यक्रम तथा बजेटमा पेस गर्ने गरी बैंकको रणनीतिक तथा व्यावसायिक योजना अद्यावधिक गरी आगामी कार्यदिशा तय गर्नको लागि बैंकका सञ्चालक विजया धितालको संयोजकत्वमा तीन सदस्य कार्यदल गठन गरेको छ । कार्यदलको सदस्यहरूमा बैंकका सञ्चालकहरू विश्वनाथ मण्डल र काली बहादुर महतरा रहनुभएको छ ।

कार्यदलले “सदस्य भैटौं, सदस्य सुनौँ कार्यक्रम” अन्तर्गत सदस्यहरूबाट प्राप्त सल्लाह सुझावलाई उच्च प्राथमिकता दिएर बैंकको आगामी कार्यदिशा तय गर्नको लागि साधारण सभा समक्ष प्रस्तुत गर्न सञ्चालक समिति समक्ष प्रतिवेदन पेस गर्नेछ ।

बैंकका सञ्चालकहरूको उपस्थितिमा गत चैत्र तथा यही बैशााखमा “सदस्य भैटौं, सदस्य सुनौँ कार्यक्रम” अन्तर्गत बैंकको शाखा कार्यालयमार्फत सदस्य सहकारी संघ संस्थाका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट गरी छलफल तथा अन्तरक्रिया गरेको थियो ।

ncbl-bord.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार