Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

रवीन्द्र मिश्रलाई हाजिरी जमानीमा छाड्न सर्वोच्चको आदेश

रवीन्द्र मिश्रलाई हाजिरी जमानीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौँ ।  सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुना मुक्त गर्न आदेश दिएको छ ।  अदालतले ५० दिनदेखि प्रहरी हिरासतमा रहनुभएका  मिश्रलाई न्यायाधीशहरू डा. कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजलासले मिश्रलाई थुनामुक्त गर्न आदेश दिएको हो । 

शुक्रबार न्यायाधीशहरू कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजलासले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष मिश्रको रिटको सुनुवाइ गर्दै रिहा गर्न आदेश दिएको सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए।

उनका अनुसार कानुन व्यवसायीको जिम्मामा छाड्न आदेश भएको हो।

‘बन्दीप्रत्यक्षीकरणको रिट जारी भएको छ। उहाँको कानुन व्यवसायीको जिम्मामा छाड्न भनिएको छ,’ उनले भने।

उनकी श्रीमती सारिका कार्कीले मिश्रलाई प्रहरीले गैरकानुनी रूपमा बन्दी बनाएको भन्दै वैशाख ३० गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

उक्त रिटमा वैशाख ३१ गते सुनुवाइ गर्दै न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कारण देखाउ आदेश जारी गर्दै बन्दीसहित उपस्थित हुन आदेश दिएको थियो।

सरकारी वकिलले बिहीबार मिश्रलाई पनि सर्वोच्चमा उपस्थित गराएको थियो। तर उक्त रिटमा सुनुवाइ भएको थिएन।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार