Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us
काँग्रेस संसदीय दलको बैठक

माओवादीसँग गठबन्धन गरेर जाने काँग्रेसको कुनै योजना छैन

माओवादीसँग गठबन्धन गरेर जाने काँग्रेसको कुनै योजना छैन

काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलमा आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट तर्जुमा र वितरणका सम्बन्धमा केन्द्रित रही छलफल भएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा भएको बैठकमा आगामी बजेटलगायत विविध विषयमा छलफल भएको संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी गराउनुभयो ।

बैठकपछि उहाँले भन्नुभयो, “बजेट क्षेत्रगत विकासका लागि सन्तुलित र समान ढंगले वितरण हुनुपर्नेलगायत विषयमा सांसदहरूले खुलेर छलफल गर्नुभयो ।

बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइ र पार्टीले लिनुपर्ने आगामी बाटो तथा अपनाउनुपर्ने सतर्कताबारे पनि सांसदले सुझाव दिएका थिए ।

प्रमुख सचेतक घिमिरेले माओवादीसँग गठबन्धन गरेर जाने कुनै योजना र एजेन्डा नरहेको प्रस्ट पार्नुभयो । उहाँका अनुसार सरकार परिवर्तनबारे काँग्रेसले कुनै सोच र योजना बनाएको छैन ।  

अब केही दिनभित्रै गभर्नर नियुक्ति हुने जानकारी दिँदै प्रमुख सचेतक घिमिरेले बैठकमा प्रतिनिधि सभा सदस्यद्वय माया राई र मोहनबहादुर बस्नेतका विषयमा पनि कुरा उठेको बताउनुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार