Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

“राष्ट्र सेवा, शक्ति साधना नशामुक्ति शिविर” सम्पन्न

“राष्ट्र सेवा, शक्ति साधना नशामुक्ति शिविर” सम्पन्न

काठमाडौं । नेपालमा पहिलो पटक आयोजना भएको “राष्ट्र सेवा, शक्ति साधना नशामुक्ति शिविर” मा हजारौंले नशामुक्तिको संकल्प गरेका छन। भगवती मानव कल्याण संगठनले आयोजना गरेको कार्यक्रममा संगठनका संस्थापक–सञ्चालक “धर्मसम्राट युग चेतना पुरुष सद्गुरुदेव परमहंश योगीराज श्री शक्तिपुत्रजी महाराजले नेपालमा नशा पतनको प्रमुख कारण भएको भन्दै नशाजन्य पदार्थको व्यापर बन्द गर्न नेपाल सरकारलाई आह्वान गर्नुभयो ।

देशमा सरकारले  आफै नशाजन्य पदार्थलाइ प्रश्रय दिइरहेको भन्दै यसलाइ नरोकेसम्म देशको समृद्धि सम्भव नहुने औल्याउनुभयो। संगठनले पञ्चज्योति शक्तितिर्थ सिद्धाश्रम धामको आध्यात्मिक चेतना तरंगलाई माध्यम बनाएर विश्वभर लाखौँ मानिस नशामुक्त भएको भन्दै नेपाल बाटसमेत नशामा ग्रसित व्यक्तिहरु ठुलो संख्यामा नशामुक्त भएको दाबी गर्नुभयो ।

नेपाल-भारत सरकारलाई आग्रहस् भ्रष्टाचार उन्मुलनमा संयुक्त कार्यक्रम नेपाल भ्रष्टाचारका कारण अघि बढ्न नसकेकाले अब भ्रष्टाचार अन्त्यका लागि काम गर्न आग्रह गर्नुभयो । नेपालको विकासका लागि सहयोग गर्न भारत सरकारलाई समेत आग्रह गर्नुभयो।

भक्तजनको ११ संकल्पशक्तिचेतना जनजागरण शिविरमा श्री शक्तिपुत्रजी महाराजले सहभागिलाई ११ संकल्प गराउनुभयो जसमा नशा, मांशाहारमुक्त चरित्रवान, चेतनावान बनाउनु, पर्यावरणको रक्षा, गौ रक्षा लगायतको संकल्प गराइएको थियो । गलत कर्म गर्ने व्यक्तिलाई कहिल्यै साथ नदिन र आफुसमेत गलत कर्म नगर्न संकल्प गराईएको थियो।

कुण्डलिनी जागरणयस्तै शक्तिपुत्र महाराजले आत्मिक परिवर्तनका लागि नेपालीहरुका लागि छुट्टै कुण्डलीनि शक्तिको विशेष साधनाको कार्यक्रम प्रदान गर्ने बताउनुभयो। शक्तिसाधना गराउँदै साधनाको  रहस्यका बारे अनुभूतिको यात्रामा अघि बढाउने उहाँले प्रतिवद्धता व्यक्त बताउनुभयो ।

बिहानको कार्यक्रम शिविरको प्रातकालिन समयमा देश विदेशबाट आएका हजारौँ सहभागिहरुले योग ध्यान साधनाको निशुल्क लाभ प्राप्त गरेका थिए । कार्यक्रमका सहभागिहरुलाइ योगाशनका साथै अष्टांग योगका विविध क्रमका वारेमा मार्गदशन गराईएको थियो ।  योग साधना कार्यक्रमलाई सञ्चालन गर्दै शक्ति स्वरुपा दिदी सन्ध्या शुक्ला ज्यूले योगको वहुआयमिक लाभको विषयमा प्रकाश पार्नुभयो । योग अभ्यास नगर्ने मानिसहरुले आफ्नो स्वास्थ्य माथि आफैँ खेलवाड गरिरहको भन्दै नियमित समय दिएर रोग अनुरुपका योगासन गर्न सुझाव दिनुभयो ।

योग शिविरमा भगवती मानव कल्याण संगठनकी केन्द्रिय अध्यक्ष शक्तिस्वरुपा दिदी पुशा शुक्ला ज्यू एवम् पञ्चज्योति शक्तितिर्थ सिद्धाश्रम ट्रस्टकी प्रधान न्यासी ज्योति शुक्लाज्यूले समेत सहभागिहरुलाई मार्गनिर्देशन दिनुभएको थियो ।जेठ ३ गतेको शिविरको प्रातकालिन कार्यक्रममा नशामुक्त हुन देश(विदेशबाट हजारौँ मानिसहरु सहभागि हुन शिविरमा सहभागि भइसकेको आयोजकले जनाएको छ।  

भगवती आदिशक्ति जगतजननी जगदम्बाको दिव्य आरती तथा शिविरमा निःशुल्क रुपमा शक्तिजल वितरण गरिएको छ । नशाको लत साथै मानसिक तनावबाट मुक्ति प्रदान गर्ने एवम् ठुलो बिमारीमा सहायक सिद्ध हुने शक्तिजल शिविरमा नि:शुल्क प्राप्त गर्न सकिने आयोजकले जनाएको छ।

b8cea69e-fedf-47e1-9c11-b8c8a32d0c9c (1).jpeg
undefined
cde92bc4-be64-496e-b9c2-9b67901d50a8.jpeg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार