स्याङ्जा । नेपाली संस्कृतिको पहिचानका रूपमा रहेको पन्चैबाजाको प्रयोग बिस्तारै कम हुँदै गएको छ । बाह्य संस्कृति हाबी हुँदै जाँदा पञ्चैबाजाको प्रयोगमा कमी आएको देखिन्छ । स्याङ्जाको भिरकोट नगरपालिका–६, एकुवारका महिला समूह भने लोपोन्मुख बाजाको संरक्षणमा जुटेका छन् ।
युवापुस्ता वैदेशिक रोजगारीमा जानु र गाउँमा बुढापाका मात्रै हुँदा पन्चैबाजा बजाउने जनशक्ति अभाव भएपछि महिला अगाडि सरेका हुन् । पन्चैबाजामा समावेश हुने दमाहा, टेम्को, ढोलकी, सनई जस्ता बाजा बजाउँदै यहाँका महिला पूजा, व्रतबन्ध, विवाह, मेलापातमा गाउँबस्तीमा समेत हिँड्न थालेका छन् । पुरुष विदेश जाँदा यहाँका आमाले पन्चैबाजा आमा समूह गठन गरेर बाजा बजाउन थालेको स्थानीय महिलाहरु बताउँछन् । चुलोचौकामा मात्र सीमित महिलाका लागि आम्दानी र पुस्ता हस्तान्तरण पनि हुने भएकाले बाजा बजाउन तालिम दिई अगाडि बढाएको स्थानीय तहले जनाएको छ । आमाहरूले तालिमकै क्रममा बाजा बजाएर ७० हजार रुपियाँभन्दा बढी कमाएको बताउँदै महिलालाई आत्मनिर्भर बनाउन र संस्कृति जोगाउन तालिम दिइएको बताइएको छ ।
पछिल्ला केही वर्ष लोप हुँदै गएका मौलिक लोकबाजाको संरक्षणका लागि केही स्थानीय तहले पन्चैबाजा वितरण गर्दै आएका छन् ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com