काठमाडौं । नेपाल शाकाहारी संघले करुणा, अहिंसा र पशु अधिकार प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘अहिंसा महोत्सव नेपाल’ आयोजना गर्ने भएको छ । आगामी भदौ १२ देखि १४ गतेसम्म प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा महोत्सव आयोजना गर्न लागिएको हो ।
नेपाल शाकाहारी संघका अध्यक्ष कृष्ण गुरुङका अनुसार महोत्सव अवधिभर सबैका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । ‘करुणाले जोड्छ’ भन्ने नाराका साथ आयोजना गरिने महोत्सवले पशुपंक्षी, मानव स्वास्थ्य र वातावरणको हितका लागि ‘पूर्ण शाकहारी’ जीवनशैली अपनाउन प्रेरित गर्ने विश्वास आयोजकको छ ।
अहिंसाका मूल्य र शाकहारी जीवनशैलीमा रुचि राख्ने सबैमा समर्पित महोत्सवले पशुमुक्ति अभियन्ता, संघ-संस्था र समुदायबीच सम्बन्ध र सहकार्यको पुल बन्ने उद्देश्य पनि राखेको अध्यक्ष गुरुङले बताउनुभयो ।
उहाँका अनुसार महोत्सवका प्रमुख आकर्षणमा दिगो जीवन पद्धति, शाकहारी जीवनशैली र पशु अधिकारसम्बन्धी अन्तरक्रिया, साङ्गीतिक प्रस्तुति, योग सत्र समेत रहनेछ । साथै देशविदेशका अभियन्तासँग प्रत्यक्ष भेटघाट र अनुभव आदानप्रदान, शाकाहारी परिकार तथा पकाउने विधिको प्रदर्शन र विशेष रात्रिभोज समेत महोत्सवमा रहनेछन् ।
महोत्सवमा ३० हजारभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको अध्यक्ष गुरुङले बताउनुभयो । महोत्सवमा शाकहारी उत्पादनका ६० भन्दा बढी कक्ष, ४० भन्दा बढी वक्ता र २० भन्दा बढी सहभागी संस्था रहनेछन् ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com