Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

कान्समा नेपाल चिनाउँदै अभिनेता प्रदीप खड्का

कान्समा नेपाल चिनाउँदै अभिनेता प्रदीप खड्का

एजेन्सी । फ्रान्समा जारी विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिबलमा सहभागी नेपाली अभिनेता प्रदीप खड्का । यसवर्षको कान्स मार्केटमा नेपालबाट फिल्म  ‘एक्लो’ समावेश छ । अभिनेता प्रदीप खड्का पनि यतिबेला एक्लोका निर्देशक प्रदीप शाहीसँगै फेस्टिभलमा छन् । यो फिल्मको प्रवर्धनसँगै अभिनेता खड्का नेपालका छायांकन गन्तव्यको समेत कान्समा प्रचारप्रसारमा व्यस्त रहनुभएको छ ।

फ्रान्सेली अभिनेत्री मारिएन बोर्गो, अबुधाबी र नर्वेका फेस्टिभल निर्देशकहरूलाई भेटेर खड्काले चलचित्र विकास बोर्डले तयार पारेको लोकेसन सम्बन्धी ब्रोसर बाँड्नुभएको छ । भारत प्याभेलियनसहितका अन्तर्राष्ट्रिय बुथमा पुगेर उहाँले छायांकनको लागि नेपाल उत्कृष्ट गन्तब्य भएको चिनाउनुभएको छ । 

यसैबीच, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले कान्समा सहभागी अभिनेता प्रदीप खड्का र एक्लोका निर्देशक प्रदीप शाहीलाई  बधाई भनी सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको छ । आफूले निम्तो पाएर पनि समय मिलाउन नसकेको भन्दै उहाँले दुई प्रदीपलाई कान्स फिल्म फेस्टिवलको रेड कार्पेटमा देखेर मन प्रफुल्ल भएको उल्लेख गर्नुभएको छ। । डिसीले लेख्नुभएको छ, 'अझ नेपाली चलचित्र “एक्लो “ मार्फत बुथ नै राखेर प्रतिनिधित्व गर्नु एक सुखद पक्ष हो । यो एक ऐतिहासिक क्षण हो ।' 

499373358_1260660612091922_2147464049595605078_n.jpg
undefined
pradeepkhadka_cannesmarket2.jpg
undefined
499028496_1260660652091918_2283580988848631330_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार