Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

अहँ, स्टारबक्समा यी छ नामबाट कफी अर्डर गर्न पाइन्न है !

अहँ, स्टारबक्समा यी छ नामबाट कफी अर्डर गर्न पाइन्न है !

एजेन्सी । दक्षिण कोरियामा तपाई अहिले कुनै स्टारबक्समा छिर्नुभयो भने केही नामहरु छन् जुन लिएर तपाई कफी अर्डर गर्न सक्नुहुन्न । भौतिक रुपमा मात्र होइन अनलाइन पनि कफी अर्डर गर्न पाउनुहुन्न । छ वटा नाम तपाईले त्यो कफी चेनमा सुन्न पाउनुहुने छैन ।  र, ती नाम दक्षिण कोरियाली आसन्न राष्ट्रपति निर्वाचनका उम्मेवदवारहरुको हो ।

कोरियाली स्टारबक्समा आगामी राष्ट्रपति निर्वाचनका छ जानै उम्मेदवारको नामबाट अर्डर गर्ने जो कोहीलाई ब्लक गरिएको छ । स्टारबक्सले राजनीतिक तटस्थता कायम गर्न त्यसो गरिएको स्पष्ट पारेको छ । आगामी जुन ३ मा निर्वाचन सम्पन्न भएपछि त्यो प्रतिबन्ध फुकुवा हुने जनाएको छ । ती नामहरु- युन सुक योल, किम मुन सो, ली जुन सियोक, क्वन यङ कुक, ह्वाङ क्यो आन र सङ जीन हो हुन् ।

दक्षिण कोरियामा व्यावसायिक संघ संस्थासँगै कलाकारहरु राजनीतिक रुपमा आफूहरुलाई तटस्थ देखाउन चाहन्छन् । र, यसको आवश्यकता अहिले झनै बढेको छ । गत डिसेम्बरमा दक्षिण कोरियाली पूर्व राष्ट्रपति युन सुक योलमाथि महाभियोग प्रस्ताव पारित भएको थियो । उक्त प्रस्ताव विरुद्ध कानुनी उपचार खोज्ने उहाँको प्रयास पनि विफल भएको थियो । दक्षिण कोरियाको संवैधानिक अदालतले यही चैत २२ गते राष्ट्रपति युन सुक योलविरुद्धको महाभियोग सदर गर्दै पदबाट बर्खास्त गरेपछि चुनावको मिति घोषणा गरिएको हो।

चुनावी सरगर्मी बढेसँगै त्यहाँ आफ्ना समर्थक राष्ट्रपतिका उम्मेदवारहरुलाई विजयी बनाउन कफी अनलाइन कफी अर्डर गर्दा समेत उहाँहरुकै नामबाट गर्ने गरिएको थियो । यो क्रम बढ्दै गएको र एक अर्का विरुद्धका प्रचार प्रसारको काममा पनि स्टारबक्सलाई जोड्ने प्रयास गरिएपछि यस्तो प्रतिबन्ध लगाउनुपरेको बताइएको छ । कतिपयले त अनलाइन अर्डर गर्दा 'अरेस्ट युन सुक योल' जस्ता मुख्य शब्दहरु समेत राख्ने गरेको स्टारबक्सले जनाएको छ । सोही कारण निर्वाचन नभएसम्मका लागि ती ६ नामबाट कफी अर्डर गर्न प्रतिबन्ध लगाइएको स्टारबक्सले जनाएको छ ।

दक्षिण कोरियालमा राष्ट्रपति योलले गत डिसेम्बर ३ मा देशमा सैनिक कानुन लागू गर्ने घोषणा गर्ने असफल प्रयास गरेपछि त्यहाँको संसद्‌ले लगाएको महाभियोग संवैधानिक अदालतले सदर गरेको हो। विपक्षीहरुको विरोधको सामना गरिरहनुभएका पूर्वराष्ट्रपति युन सुक योलले मार्शल ल घोषणा गरेर नागरिक शासन अवरुद्ध गर्ने प्रयास गरेपछि उहाँलाई महाभियोग लगाएर पदबाट हटाइएको थियो।  

त्यसपछि कार्यवाहक राष्ट्रपति हान डक सुले जुन ३ मा राष्ट्रपति निर्वाचन हुने घोषणा गर्नुभएको थियो । सन् २०१७ मा पार्क ग्युन–हाइपछि महाभियोगबाट हटाइने युन सुक योल दोस्रो दक्षिण कोरियाली नेता हुनुहुन्छ । मार्शल ल घोषणापछि चार महिनादेखि दक्षिण कोरिया प्रभावकारी नेतृत्वबिना नैचलिरहेको छ। राष्ट्रपति पदबाट हटाइएपछि दक्षिण कोरियाको प्रावधानअनुसार त्यसको ६० दिनभित्र नयाँ निर्वाचन गराउनुपर्ने मार्ग खुलेको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार