काठमाडौं । बहुप्रतिक्षित नागढुङ्गा सुरुङ मार्ग आगामी पुसपछि सञ्चालनमा आउने भएको छ । विना कुनै अवरोध कामको वातावरण मिलेमा अबको छ महिनाभित्र सुरुङ मार्ग सञ्चालनमा ल्याउने गरी तयारी गरिएको हो । सुरुङ मार्गको ९० प्रतिशत भौतिक प्रगति भएको छ । बाँकी १० प्रतिशतको काम बाँकी रहेको नागढुङ्गा सुरुङ मार्गमा उपकरणहरूको संयोजन चलिरहेको छ ।
अहिले उपकरणहरूको परीक्षण र समग्र सुरुङ मार्गको कार्यमा त्यसलाई संयोजना सम्झौताअनुसार आगामी कात्तिकको पहिलो साता निर्माण सम्पन्न गरी सञ्चालक निकायलाई हस्तान्तरण गर्ने लक्ष्य निर्माणमा संलग्न इन्जिनियरहरुले बताउनुभयो । इन्जिनियरहरुका अनुसार हाल उक्त सञ्चालक निकायको छनोटको प्रक्रिया अघि बढिरहेको र उक्त निकाय छनोट भएपछि पनि त्यसपछि तालिम लिनुपर्ने हुन्छ । त्यसमा पनि दुई महिना जति लाग्ने बताइएको छ ।
इन्जिनियरहरुका अनुसार आयोजनाले सुरुङ मार्गको सुरक्षा, सहज आवागमन र मानवीय सुरक्षाका लागि सुरुङभित्र दमकल, आकस्मिक उद्धार, सीसीटीभी क्यामेरा, सञ्चार र सुरक्षा संयन्त्र, अक्जिनको निरन्तर प्रवाहजस्ता सुरुङ मार्गका अत्यावश्यक सेवा (टनेल फ्यासिसिटी) उपलब्ध गराउने काम चलिरहेको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com