Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us
२१ दिने “सबै जुटौं, सदस्य भेटौं” अभियान

बटाकाचौरमा सिवाईसीको 'वित्तीय तथा प्रविधि साक्षरता कार्यक्रम'

बटाकाचौरमा सिवाईसीको 'वित्तीय तथा प्रविधि साक्षरता कार्यक्रम'

बागलुङ । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले २१ दिने अभियान अन्तर्गत जिल्लाको बरेङ गाउँपालिका स्थित बाटाचौरमा वित्तीय र प्रविधि साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । 
“सबै जुटौं, सदस्य भेटौं” भन्ने मुल नारासहित सञ्चालनमा रहेको अभियान अन्तर्गत स्थानीय समुदायलाई वित्तीय व्यवस्थापन र प्रविधिको उपयोगमा सशक्त बनाउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको थियो ।

संस्थाद्वारा गठित गाउँटोल समन्वय समिति, शेयर सदस्य र गैर शेयर सदस्यहरुलाई लक्षित गरि आयोजना गरिएको कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथी बरेङ गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष शेरबहादुर खनालले सिवाईसी साकोसले सहकारीका माध्यमबाट स्थानीय जनताको वित्तीय शशक्तिकरणमा पु¥याएको योग्दानको प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा वरेङ गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष अमरवहादुर शेरपुजाले जिल्लामा सहकारीको अभियान गाउँ गाउँसम्म पु¥याउन सिवाईसीको महत्वपूर्ण योग्दान रहेको बताउनु भएको थियो ।  

c80fd13c-b2dd-4015-84ec-a5e9377b105e.jfif
undefined

वित्तीय साक्षरता कार्यक्रममा सिवाईसी साकोसका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले बचतको शक्तिको विषमा बुझ्न सकेमा नेपालीहरु कोही पनि गरिव हुनुनपर्ने बताउनु भएको थियो । समाजमा हुने सबै प्रकारका विभेदहरु पैसाकै कारणले हुने बताउदै पौडेलले सिवाईसीले यस अभियान अन्तर्गत बच्चा देखि वृद्धसम्मलाई पैसाको व्यवस्थापन र बचतको शक्तिका विषयमा बुझाउन खोजिरहेको बताउनु भएको थियो । पौडेलले प्रशिक्षणका क्रममा वित्तीय ज्ञान, बचतको महत्व, लगानीका आधारभुत पक्ष, वित्तीय लक्ष्य, व्यक्तिगत वित्तीय योजना लगाएतका विषयमा जानकारी गराउनु भएको थियो ।

25656fcf-f811-445d-8c82-de4ce6d68979.jfif
undefined

कार्यक्रममा सिवाईसी नेपालका कार्यक्रम अधिकृत सुमन घर्ति क्षेत्रीले वित्तीय लक्ष्य निर्धारण, पारिवारीक बजेट र प्रविधिको प्रयोगका सम्वन्धमा प्रशिक्षण गर्नुभएको थियो ।

8a008119-e22d-4d56-a734-136c36e4a96c.jfif
undefined

१०० जना भन्दा वढिको उपस्थिती रहेको कार्यक्रम बरेङ सदस्य सेवाकेन्द्रका संयोजक मदन कार्कीको अध्यक्षता, केन्द्रीय सञ्चालक मोतीराम गौतमको स्वागत र सेवाकेन्द्रका सचिव प्रेमवहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा केन्द्रीय सञ्चालक कृष्णप्रसाद रिजालले कार्यक्रमको औचित्य र उद्देश्य माथि प्रकाश पार्नुभएको थियो भने सह–संयोजक विष्णुवहादुर खत्रीले सेवाकेन्द्रको प्रगतीका बारेमा जानकारी गराउनु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार