काठमाडौं । नेपालका १० वाणिज्य बैङ्कको सम्पत्तिको गुणस्तर परीक्षण बङ्गलादेशी कम्पनीले गर्ने भएको छ । नेपाल राष्ट्र बैङ्कले नेपालका १० वाणिज्य बैङ्कको सम्पत्तिको गुणस्तर परीक्षणका लागि बङ्गलादेशी कम्पनीलाई योग्य छनोट गरेको हो । जसअनुसार बङ्गलादेशको ढाकास्थित हाउलादर युनुस एन्ड कम्पनीले नेपालका वाणिज्य बैङ्कको सम्पत्तिको गुणस्तर परीक्षण गर्ने छ ।
राष्ट्र बैङ्कको नियमावली अनुसार लोन पोर्टफोलियो रिभ्यु गर्न उक्त कम्पनी प्राविधिक रूपमा योग्य पाइएको राष्ट्र बैङ्कले जानकारी गराएको छ । गुणस्तर परीक्षणका गर्नका लागि हाउलादर, श्रीलङ्का, भारतका अन्य पाँच कम्पनी सर्टलिस्टमा परेका थिए ।
राष्ट्र बैङ्कले एक सूचनामार्फत इच्छुक विदेशी लेखा परीक्षकलाई नेपालका वाणिज्य बैङ्कको व्यापक सम्पत्ति गुणस्तर समीक्षा (लोन पोर्टफोलियो रिभ्यु–एलपिआर) का लागि आशयपत्र बुझाउन आह्वान गरेको थियो । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) को सर्तबमोजिम धेरै कर्जा प्रवाह गरेका १० ठुला बैङ्कको विदेशी अडिटरबाट लेखापरीक्षण गर्न लागिएको हो ।
यसअघि १० ठुला बैङ्कको लेखा परीक्षण गर्न छनोट भएको भारतीय कम्पनी केपिएमजी एसुरेन्स एन्ड कन्सल्टिङ सर्भिसेज प्रालिको प्रस्ताव अस्वीकृत भएसँगै लेखा परीक्षण कार्य रद्द भएको थियो । त्यसबेला मागिएको आशयपत्र अनुसार पाँच कम्पनी सर्टलिस्टमा परी प्राविधिक प्रस्ताव माग भएको थियो । तीमध्ये भारतको केपिएमजी योग्य देखिए पनि उसको आर्थिक प्रस्ताव अस्वीकृत भएपछि राष्ट्र बैङ्कले सो प्रक्रिया रद्द गरेको थियो ।
आइएमएफसँग विस्तारित कर्जा सुविधा लिने क्रममा नेपाल सरकार र नेपाल राष्ट्र बैङ्कले १० ठुला बैङ्कको अन्तर्राष्ट्रिय अडिटरबाट लेखापरीक्षण गराउने प्रतिबद्धता जनाएका थिए । आइएमएफले विस्तारित कर्जा सुविधा (इसिएफ) अन्तर्गत ३९५ मिलियन डलर प्रदान गर्नका लागि मार्च २०२३ मा उक्त सर्त राखेको थियो ।
आइएमएफले बैङ्कहरूको खराब कर्जा बढ्दै गएको तथा पुँजीको अभाव रहेको अवस्थामा निरन्तरको अनुगमन आवश्यक रहेको उल्लेख गर्दै तत्काल १० ठुला बैङ्कको ऋण पोर्टफोलियो समीक्षा गर्नुपर्नेमा जोड दिएको हो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com