Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

मौद्रिक नीतिले बढाएन लगाकर्ताको मनोबल

मौद्रिक नीतिले बढाएन लगाकर्ताको मनोबल

काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर बजारप्रतिता अपनाउँदै मौद्रिक नीतिको समीक्षामा लगानीकर्ताले लामो समयदेखि माग गर्दै आएको शेयर धितो कर्जाको जोखिम भार घटाए पनि बजार बढ्न सकेन ।

बैंकले विद्यमान शेयर धितो कर्जाको जोखिमभार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशतमा झारेको छ । मौद्रिक नीतिको समीक्षालाई लगानीकर्ताले गभर्नरको ‘सरप्राइज  गिफ्ट’ भन्दै सामाजिक सञ्जालमार्फत खुलेरै प्रशंसा समेत गरे ।  लगानीकर्ताको प्रतिक्रियाले बजार सकारात्मक दिशामा जान्छ भन्ने अपेक्षा भने त्यसको ठीक विपरित भएको छ । 

साताको दोस्रोे कारोबार दिन सोमबार (आज) शेयर बजार झिनो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से ५.२१ अंकले घटेर २६७४‍.७६ बिन्दुमा बन्द भएको हो । आइतबार नेप्से ९.१४ अंकले घटेर २६७९.४१ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ९२ कम्पनीको शेयरमूल्य बढेको छ । भने १५५ कम्पनीको शेयरमूल्य घटेको छ । 

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा सात अर्ब ५८ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा सात अर्ब ६० करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज राधी विद्युत कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ६४ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा ओम मेगा श्री फर्मास्युटिकल्सको कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार