काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय ललितकला प्रदर्शनी-२०८२ गर्न लागेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतिष्ठानले प्रादेशिक ललितकला प्रदर्शनी-२०८१ मार्फत छानिएका कलाकृति समावेश गरेर राष्ट्रिय ललितकला प्रदर्शनी २०८२ गर्न लागेको जानकारी गराएको हो ।
प्रतिष्ठानले दोस्रो पटक प्रादेशिक प्रदर्शनी हुँदै राष्ट्रिय ललितकला प्रदर्शनी गर्ने जानकारी समेटिएको विस्तृत विवरणसहितको सार्वजनिक सूचना २०८१ पुस ०७ गते जारी गर्दै देशभरका कलाकारलाई प्रदर्शनीमा सहभागिताका लागि आह्वान गरेको थियो ।
यसैअनुरूप प्रादेशिक ललितकला प्रदर्शनीमा सहभागी र अप्रतियोगी कलाकृतिसमेत समावेश गरी राष्ट्रिय ललितकला प्रदर्शनी २०८२ मा ५७१ कलाकारका ६०६ कलाकृति प्रदर्शनीमा राखिने छ । जसअन्तर्गत कोशी प्रदेशबाट ८२ कलाकारका ८२, मधेस प्रदेशबाट ८८ कलाकारका ९८, बागमती प्रदेशबाट १६४ कलाकारका १८३, गण्डकी प्रदेशबाट ५३ कलाकारका ५५, लुम्बिनी प्रदेशबाट ६५ कलाकारका ६६, कर्णाली प्रदेशबाट ४० कलाकारका ४१, सुदूरपश्चिम प्रदेशबाट ३९ कलाकारका ३९ कलाकृति गरी ५३१ कलाकारका ५६४ कलाकृति प्रदर्शनीमा रहने छन् ।
प्रदर्शनीमा अप्रतियोगीअन्तर्गत ४५ र आमन्त्रित ३३ गरी ७८ कलाकारका ७९ कलाकृति पनि समावेश हुनेछन् । विधागत रूपमा समसामयिक चित्रकलाका २०१ कलाकारका २०८, परम्परागत चित्रकलाका ७२ कलाकारका ७३, समसामयिकर आधुनिक मूर्तिकलाका ५१ कलाकारका ५२, परम्परागत मूर्तिकलाका १६ कलाकारका १८, वास्तुकला तथा लोककलाका ८४ कलाकारका ८८ शिल्प हस्तकलाका ७४ कलाकारका ७९, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलाअन्तर्गत छविकलाका ४५ कलाकारका ५९। प्रतिस्थापन कलाका ९ कलाकारका ९, कार्टुनका १३ कलाकारका १४, क्यारिकेचरका ३ कलाकारका ३, डिजिटलका १ कलाकारको १, भावभङ्गी कलाका २ कलाकारका २ कलाकृति प्रदर्शनीमा रहने छन् ।
यस वर्ष ‘अरनिको ललितकला राष्ट्रिय प्रज्ञा सम्मान अग्रज कलाकारहरू डा.सीमा शर्मा शाह र मङ्गल लामालाई प्रदान गरिनेछ । यस पुरस्कारको राशि सम्मानपत्र रहेको छ । सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार विनम्र डङ्गोल (परम्परागत चित्रकला) लाई प्रदान गरिने छ । पुरस्कारको राशि १ लाख र सम्मानपत्र रहेको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com