Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

यस बर्षको मनसुन जेठ १८ गतेदेखि असोज १४ सम्म

यस बर्षको मनसुन जेठ १८ गतेदेखि असोज १४ सम्म

काठमाडौं । यस वर्ष गत वर्षको भन्दा बढी वर्षा हुने पूर्वानुमान गरिएको छ । अत्यधिक वर्षासँगै आउने बाढी, बग्ने पहिरो लगायतले निम्त्याउन सक्ने वितण्डा कम गर्न पूर्व सावधानी अपनाउनु अत्यन्त जरुरी छ । यसै कारण यसबारे बढी जोखिम भएका स्थानहरुमा के कसरी सूचना प्रवाह भएको छ र यसलाई कसरी थप प्रभावकारी बनाउन सकिन्छ भनेर सरकारले तयारीलाई अघि बढाएको छ । सोही सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीले मौसम पुर्वानुमानको सूचना प्रवाहको तौरतरिका र प्रभावकारीतासँगै जोखिम कसरी कम गर्न सकिन्छ भन्नेबारेमा आज बबरमहलस्थित जल तथा मौसम विज्ञान विभागमा पुगेर स्थलगत जानकारी लिनुभएको छ । 

उक्त अवसरमा प्रधानमन्त्री ओलीले विभागबाट सूचना र जानकारी सरल भाषामा प्रभावकारी ढंगले सम्प्रेषण हुनुपर्ने बताउनुभयो ।   विभागका सबै स्टेशनहरु तन्दुुरुस्त हालतमा राख्न र अतिवृष्टि हुने खास क्षेत्रबारे स्थानीय तह, सुरक्षा निकाय र आमसञ्चारका माध्यमबाट समेत सूूसूचित गरेर मानवीय र भौतिक क्षति हुन नदिने तर्फ सचेत हुन प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो ।

विभागका महानिर्देशक कमलराम जोशीले यस वर्ष यही जेठ १८ गतेदेखि आगामी असोज १४ मनसुन अवधि हुने र गण्डकी प्रदेश, लुुम्बिनी प्रदेशको उत्तरी भाग र कर्णाली प्रदेशको पूर्वी भागमा सरदरभन्दा बढी वर्षा हुने जानकारी गराउनुभएको थियो । 

विभागको कार्यालयमा स्थलगतरुपमा यसरी पहिलो पटक प्रधानमन्त्री तहबाट अवलोकन र अनुगमन भएको उल्लेख गर्दै उहाँले आफूहरुले उपलब्ध प्रविधि र स्रोत साधनको अधिकतम् प्रयोग गरी पूर्वानुमानलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

WhatsApp Image 2025-05-27 at 18.13.28_0c25d3c4.jpg
undefined

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार