काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ का लिग चरणका खेलहरू सम्पन्न भएका छन् । प्लेअफ खेल भोलि मे २९ देखि हुँदैछ । पहिलो प्लेअफमा पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बेंगलोर आमनेसामने हुँदैछन् । दुई बीचको खेल मोहालीको मुल्लानपुरमा नेपाली समयअनुसार भोलि बिहीबार साँझ ७:४५ बजेदेखि हुनेछ ।
क्वालिफायर १ को उक्त खेल जित्ने टोलीले फाइनलमा आफ्नो स्थान सुरक्षित गर्नेछ । पराजित टोलीले क्वालिफायर-२ मा एलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । एलिमिनेटर खेल मे ३० मा गुजरात टाइटन्स र मुम्बई इन्डियन्सबीच हुनेछ । पहिलो क्वालिफायर र दोस्रो क्वालिफायरको विजेताका बीचमा मंगलबार फाइनल खेल हुनेछ ।
यस सिजनमा ७० लिग खेलपछि पञ्जाब अन्तिम अंक तालिकाको शीर्ष स्थानमा छ भने बेंगलोर दोस्रो स्थानमा छ । गुजरात टाइटन्सले तेस्रो स्थान हासिल गर्यो भने मुम्बई चौथो स्थानमा छ ।
मंगलबार अन्तिम लिग खेल सकिएसँगै प्लेअफको पहिलो क्वालिफायर र इलिमिनेटरमा खेल्ने टिमको टुंगो लागेको हो ।
अन्तिम लिग खेलमा गएराती बेंगलुरुले लखनउमाथि ६ विकेटको शानदार जित निकाल्दै पहिलो क्वालिफायरमा स्थान बनाएको थियो । त्यसअघि पञ्जाब किङ्सले पहिलो क्वालिफायरमा स्थान बनाइसकेको थियो ।
बेंगलुरुको जितसँगै गुजरात टाइटान्स अंकतालिकामा तेस्रो स्थानमा झरेर इलिमिनेटर खेल्ने छ । चौथो स्थानमा रहेको मुम्बई इन्डियन्ससँग भने गुजरातको भेट हुनेछ ।
मुम्बई वा गुजरातमध्ये एक टोली इलिमिनेटरबाटै बाहिरिने छन् । हालसम्म उपाधिविहीन दुई टोली पञ्जाब र बेंगलुरुमध्ये यसपटक एकले सोझै फाइनलमा स्थान बनाउनेछन् भने पराजित टोलीलाई अर्को एक मौका प्राप्त गर्नेछ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com