Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
बजेट २०८२/२०८३

महिलाको नाममा उद्योग दर्ता वा नवीकरण गर्दा शुल्क नलाग्ने

महिलाको नाममा उद्योग दर्ता वा नवीकरण गर्दा शुल्क नलाग्ने

आगामी आर्थिक वर्षको बजेटमार्फत महिलालाई उद्यमशीलतामा प्रोत्साहन दिने उद्देश्यले विशेष व्यवस्था गरिएको छ। महिलाको नाममा उद्योग वा कम्पनी दर्ता तथा नवीकरण गर्दा शुल्क नलाग्ने व्यवस्था गरिने अर्थमन्त्री पौडेलले बजेटमार्फत घोषणा गर्नुभएको हो ।

त्यस्तै, गृहिणी महिलाको श्रम र सीपलाई साना तथा घरेलु उद्यमसँग जोड्न क्षमता विकास कार्यक्रम सञ्चालन गरिनेछ। बजेटमा महिला उद्यमशीलता प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ, जसले महिलालाई आत्मनिर्भर बन्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

अर्थमन्त्री तथा उपप्रधानमन्त्री बिष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/२०८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट पेस गर्ने क्रममा सो व्यवस्था गरिएको बताउनुभएको हो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार