बागलुङ । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङको संयोजन, चारतारे युवा क्लव तथा सिवाईसी नेपालको आयोजनामा बिहीबार जिल्लाको गल्कोट नगरपालिका वडा नं. ११ सानो रिघामा वित्तीय साक्षरता तथा उद्यमशिलता विकास तालिम सम्पन्न भएको छ ।
उक्त तालिम सानो रिघास्थित सस्थाका आजीवन, विशिष्ट सदस्य, शेयर सदस्य तथा सिवाईसी लघुवित्त कार्यक्रममा संलग्न सदस्यहरूलाई लक्षित गरी आयोजना गरिएको हो । तालिममा सहभागीहरूलाई वित्तीय ज्ञान, योजनाबद्ध बचत, सानो पूँजीको प्रभावकारी प्रयोग, व्यवसायिक सोच विकास तथा स्थानीय स्रोत साधनको उचित उपयोगमार्फत उद्यमशिलताको प्रवद्र्धन, महिला शशक्तिमरण सम्बन्धी विषयमा संस्थाका अभिमुखीकरण गराइएको थियो ।
चारतारे युवा क्लब, सिवाईसी नेपालले सिवाईसी साकोससँगको सहकार्यमा जिल्लाका विभिन्न स्थानका महिला उद्यमीहरूलाई समेटी “उद्यमशील पाठशाला” निर्माण गर्ने दीर्घकालीन कार्ययोजना अन्तर्गत यो तालिम सञ्चालन गरिएको हो ।
तालिमको सहजिकरण संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल र कार्यसमिति सदस्य सीता शर्माले गर्नुभएको थियो । तालिमका क्रममा अध्यक्ष पौडेलले सहभागीहरूसँग प्रत्यक्ष संवाद गर्दै आत्मनिर्भरता, वित्तीय अनुशासन र स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने खालका लघु उद्यम विकासको आवश्यकतामा जोड दिनुभयो । उहाँले सिवाईसीले जहिले पनि महिलाहरुको आर्थिक शशक्तिकरणका पक्षमा काम गरिरहेको बताउदै आगामी दिनहरूमा समेत उद्यमशिलता अभिवृद्धि तथा वित्तीय सशक्तिकरणलाई प्राथमिकतामा राखेर यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा सानो रिघा आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यष तथा सिवाईसी गाउँटोल समन्वय समितिका संयोजक दलवहादुर बुढाथोकी, विद्यालयका प्रधानध्यापक नरेन्द्र पुन लगाएतले शुभकामना मनत्व्य राख्नु भएको थियो भने सिवाईसी साकोस दगा सदस्य सेवाकेन्द्रको वारेमा सेवाकेन्द्र प्रमुख रोजिना गुरुङले जानकारी गराउनु भएको थियो ।
सोही क्रममा तनु पुन संयोजक रहेको २५ सदस्यीय सानो रिघा उद्यमशिला महिला समुहको गठन गरिएको छ । समुहको सह–संयोजकमा मिना थापा राना, सचिवमा सावीत्री पुर र कोषाध्यक्षमा रुपा श्रीस रहुन भएको छ ।
कार्यक्रम सिवाईसी साकोस दगा सदस्य सेवाकेन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमितिका संयोजक जमुना श्रीसको अध्यक्षता, संस्थाको विपद व्यवस्थापन उपसमिति सदस्य तनु पुनको स्वागत र सिवाईसी नेपालका कार्यक्रम अधिकृत समुन घर्ति क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा सिवाईसी साकोसमा शेयर सदस्य बन्नु भएको १८ जना नयाँ शेयर सदस्यहरुलाई स्वागत समेत गरिएको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com