काठमाडौं । पञ्जाब किंग्सका कप्तान श्रेयस ऐयरले त्यसै भनेका थिएनन्, 'वी ह्याभ लष्ट द ब्याटल, नट द वार' । भारतमा जारी आइपिएलको पहिलो क्वालिफाइयर अन्तर्गत मे २९ मा चन्डीगढमा रोयल च्यालेंजर्स बेंगलोरसँग पराजित भएपछि ऐयरले दिएको प्रतिक्रिया थियो त्यो ।
बेंगलोरसँग ८ विकेटले पराजित भएपनि पञ्जाबका कप्तान ऐयर विचलित भएनन् । र, आफ्ना टीममेटहरुलाई सम्हाल्दै उनले युद्ध अझै बाँकी रहेको भन्दै ढाडस दिए । त्यही ढाडस गएरातीको खेलमा शक्तिमा परिणत भयो, टीम प्रदर्शन उत्कृष्ट रह्यो र पहिलो क्वालिफायरको हारबाट बाउन्स ब्याक गर्दै पञ्जाब बिजयी पनि भयो ।
नमिठो हारका बाबजूद बोलीमा विश्वस्त कप्तान ऐयरले ब्याटबाट समेत सबैको मुखमा बुजो लगाइदिए । उनले क्याप्टेनी पारी प्रदर्शन गर्दै अविजित ८७ रन बनाएर टीमलाई फाइनलमा पुर्याए । र, उनी मंगलबार त्यही रोयल च्यालेंजर्स बेंगलोरसँग 'वार' गर्नेछन् । उनलेको बोलीमा देखिएको आत्मविश्वास काममा पनि देखियो । अब हेर्न बाँकी छ, त्यो आत्मविश्वास फाइनलसम्म कायमै हुने छ कि छैन । र, फाइनल तय भएसँगै अब यो सिजन आइपिएलले नयाँ च्याम्पियन पाउने पनि पक्का भएको छ । दुबै टीम 'मेडन' आइपिएल ट्रफीका लागि 'वार' गर्नेछन् ।
पञ्जाबले आइपिएल ट्रफी कसरी जित्नुपर्छ भन्ने अनुभवी मुम्बई इन्डियन्सलाई गएराती अहमदावादमा पराजित गरेको हो । वर्षाका कारण ढिलो सुरु भएको खेलमा पञ्जाबका कप्तान ऐयरले ४१ बलमा ५ चौका र ८ छक्का हाने। मुम्बईले दिएको २०४ रनको लक्ष्य पञ्जाबले ५ विकेट गुमाएर ६ बल बाँकी छँदै पूरा गर्यो।
त्यस्तै नेहाल वाधेराले २९ बलमा ४ चौका र २ छक्का प्रहार गरी ४८ रन बनाए। जोश इंग्लिसले २१ बलमा ५ चौका र २ छक्का प्रहार गरी ३८ रन जोडे। ओपनर प्रियान्स आर्याले १० बल खेलेर २० रनको योगदान गरे।
बलिङतर्फ मुम्बईका अश्वानी कुमारले २ तथा ट्रेन्ट बोल्ट र हार्दिक पाण्ड्याले १र१ विकेट लिए।
पहिले ब्याटिङ गरेको मुम्बईले ६ विकेट गुमाएर २०३ रन बनाएको थियो। त्यस क्रममा सूर्यकुमार यादवले सर्वाधिक ४४ रन बनाए। जोनी बैरस्टोले ३८, नमन धिरले ३७, कप्तान हार्दिक पाण्ड्याले १५ रन जोडे। रोहित शर्मा ८ रनमै आउट भएका थिए।
बलिङतर्फ पञ्जाबका अज्मतउल्लाह ओमरजईले २ तथा केइल जेमिसन, मार्कस स्टोइनिस, विजयकुमार विशक र युजवेन्द्र चाहलले एकरएक विकेट लिए।
आइपिएल-२०२५ को फाइनल खेल नेपाली समय अनुसार मंगलबार राती ७ः४५ बजे हुनेछ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com