Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

गृहमन्त्रीको राजीनामा अडानमा माओवादी, संसद् खोल्न एमाले र कांग्रेसले गरेको आग्रह अस्वीकार

गृहमन्त्रीको राजीनामा अडानमा माओवादी, संसद् खोल्न एमाले र कांग्रेसले गरेको आग्रह अस्वीकार

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडान कायम राखेको छ।

सोमबार सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले गृहमन्त्रीमाथि प्रश्न उठिसकेपछि नैतिकताको आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्दा नै उपयुक्त हुने बताउनुभयो ।

उहाँले गृहमन्त्रीले पठाएको सहसचिव विमानस्थलमा जाने, अख्तियारले छापा मार्न लागेपछि फिर्ता बोलाउने र सचिवालयका मान्छेहरू यस्तै मुद्दामा परेकाहरू हुनेजस्ता अस्वाभाविक प्रक्रियाले गृहमन्त्रीलाई विवादमा तानेको बताउनुभयो ।

उहाँले राजीनामा विपक्षी दलले मात्रै नभएर आम नागरिकले समेत मागिरहेको बताउनुभयो । उहाँले भिजिट भिसा प्रकरणमा सेटिङ, भ्रष्टाचार र अनियमितता भएको स्पष्ट तथ्य स्थापित भएको बताउँदै गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धानमा सघाउनुपर्ने पार्टीको धारणा राख्नुभयो ।

यस्तै, संसद् खोल्न एमाले र कांग्रेसले गरेको आग्रह माओवादीले अस्वीकार गरेको छ । सिंहदरबारमा आज बसेको तीन ठूला दलका शीर्ष नेताको बैठकमा आफूहरुले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद् चल्न नदिने अडान राखेको पार्टी प्रमुख सचेतक हितराज पाण्डेले बताउनुभयो ।

प्रमुख सचेतक पाण्डेका अनुसार बैठकमा राजावादीको बढ्दो सक्रियता र संसद्को गतिरोध अन्त्यको विषयमा छलफल भएको छ।

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार