काठमाडौं । दक्षिण कोरियाको २१औँ राष्ट्रपतिमा लिबरल डेमोक्रेटिक पार्टी अफ कोरिया (डीपीके) का नेता ली जे–म्युङ विजयी भएका छन्। सत्तारूढ पीपुल पावर पार्टी (पीपीपी) का उम्मेदवार किम मून–सूलाई पराजित गर्दै उनी विजयी भएका हुन् । प्रारम्भिक मतगणनाका अनुसार लीले ४८.३१ प्रतिशत मत प्राप्त गर्दा किम ४२.९ प्रतिशतमा मात्र सीमित भए।
जीतपछि मतदाताहरुलाई धन्यवाद दिदैं लीले भने, ‘म मतदाताहरूसँग आभारी छु। म यो जिम्मेवारी कहिल्यै बिर्सिने छैन। म देशलाई एकताबद्ध गर्न, अर्थतन्त्र सुधार्न र उत्तर कोरियासँग शान्ति स्थापना गर्न काम गर्नेछु।’
त्यसैगरी, पराजित उम्मेदवार किम मून–सूले हार स्वीकार गर्दै भने, ‘म जनताको निर्णय विनम्रतापूर्वक स्वीकार गर्छु र ली जे–म्युङलाई जितको लागि बधाई दिन्छु।’ यसपटकको राष्ट्रपति चुनावमा ७८।३ प्रतिशत मतदाताले मतदान गरे, जुन सन् १९९७ यताकै सबैभन्दा उच्च हो ।
सन् २०२२ को राष्ट्रपति चुनावमा यो दर ७७।१ प्रतिशत थियो। दक्षिण कोरियामा सबैभन्दा धेरै मतदान सन् १९८७ को चुनावमा भएको थियो, जुन ८९।२ प्रतिशत थियो।
यसपटक चुनावी मैदानमा ६ उम्मेदवार भएपनि मुख्य प्रतिस्पर्धा डीपीके र पीपीपीबीच रहेको थियो । कोरियाको २१औँ राष्ट्रपतिमा इजेम्योङ निर्वाचित ।
मजदुर र प्रवाशी मजदुरहरूका लागि समेत प्रिय ली जेम्योङको आगमनले मजदुरहरूको हित हुने अपेक्षा गरिएको छ । २०२५ जुन ३ मा सम्पन्न भएको निर्वाचनबाट ली जेम्योङ कोरियाको नयाँ राष्ट्रपति घोषित भएका हुन्। उनले सार्वजनिक रूपमा सबैलाई निःशुल्क ब्क्ष् सेवा दिने, साप्ताहिक ४ दिन काम ३ दिन बिदा , प्रविधिमा आधारित प्रशासनिक सुधार, युवाहरूका लागि स्टार्टअप अनुदान कार्यक्रम जस्ता योजना चुनाव अघि मतदाताहरु समक्ष राखेका थिए ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com