काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले वातावरण संरक्षण गर्ने जिम्मेवारी सबैको साझा दायित्व भएको बताउनुभएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणले शुक्रबार गोकर्णेश्वर ५, बागमती करिडोरमा आयोजना गरेको वृक्षरोपण कार्यक्रममा बोल्दै उहाँले वातावरण संरक्षणमा सबैको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
बागमतीलाई सफा र स्वच्छ बगाउन आफूले मन्त्रालय सम्हालेको दिनबाटै चासो दिएको भन्दै उहाँले बाग्मतीसहित उपत्यकाका विष्णुमति, धोविखोला लगायतका सबै नदिलाई ढलमुक्त बनाउने गरि काम भइरहेको बताउनुभयो । 'नीतिगत रूपमा गर्नुपर्ने काम सरकारले गर्छ । तर, वृक्षरोपण गरेपछि रूख जोगाउने काम अरूले गरिहाल्छन् नी भनेर हुँदैन । रूख जोगाउन र नदीमा जथाभावी फोहोर मिसाउन नदिन स्थानीय समुदायले चासो राख्नुपर्छ,' उहाँले भन्नुभयो ।
अहिलेको बजेटले पनि उपत्यका नदि स्वच्छ बनाउन र करिडोर सडक स्तरोन्नति गर्न बजेटमा प्राथमिकता दिएको जानकारी दिनुभयो । शहरी विकास मन्त्रालयले बागमतीसहित उपत्यकाका नदि स्वच्छ बनाउन ३ अर्ब ४२ करोड विनियोजन गरेको छ ।
कार्यक्रममा ४० करोड भन्दा बढी योजना गोकर्णेश्वर नगरपालिकामा शहरी विकास मन्त्रालयमार्फत विनियोजन भएको भन्दै नगर प्रमुख दीपक रिसालले उपप्रधानमन्त्री सिंहलाई धन्यवाद दिनुभयो । कार्यक्रममा सांसद सन्तोष चालिसेले पनि यसपटकको बजेटले उपथ्यकाका महत्वपूर्ण योजनालाई प्राथमिकतामा राखेको भन्दै उपप्रधानमन्त्री सिंहको प्रशंसा गर्नुभएको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com