Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

नारी संकल्प साकोसको उदाहरणीय 'साथी संस्था प्रवर्द्धन कार्यक्रम', यो वर्ष संघर्षशील महिला साकोस लाभान्वित

नारी संकल्प साकोसको उदाहरणीय 'साथी संस्था प्रवर्द्धन कार्यक्रम', यो वर्ष संघर्षशील महिला साकोस लाभान्वित

काठमाडौं । मोरङको उर्लाबारीस्थित नारी संकल्प बचत तथा ऋण सहकारी संस्थाले सहकारीको सिद्धान्तलाई व्यावहारिक रुप दिदैं 'साथी संस्था प्रवर्द्धन कार्यक्रम' सञ्चालन गरेको छ । सहकारीहरुबीच पारस्परिक सहयोगको सिद्धान्त अनुरुप नारी संकल्प साकोसको वार्षिक योजना तथा कार्यक्रममा आधारित रहेर साकोसले उक्त कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यसै सिलसिलामा नारी संकल्प साकोसले यही मध्य जेठ (१७ गते)  विराटनगर-११ स्थित संघर्षशील महिला साकोसमा उक्त कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमको मुख्य उद्देश्य साथी संस्थाको सञ्चालक समितिको क्षमता अभिवृद्धि रहेको थियो ।

कार्यक्रममा उक्त संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लहकार तथा विषयगत उपसमितिहरुसँगै उच्च व्यवस्थापनको सहभागिता रहेको थियो । नारी संकल्प साकोसकी अध्यक्ष एवम् नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) की निवर्तमान सञ्चालक गोमा नेपालले उक्त कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

नारी संकल्प साकोसको आर्थिक सहयोगमा उक्त कार्यक्रम सञ्चालन गरिएकोसाकोसका व्यवस्थापक चित्र न्यौपानेले धिप्री डटकमलाई जानकारी गराउनुभयो । उहाँका अनुसार हाललाई साकोसले वार्षिक रुपमा एउटा संस्थामा 'साथी संस्था प्रवर्द्धन कार्यक्रम' सञ्चालन गर्ने रणनीति अवलम्बन गरेको छ ।

WhatsApp Image 2025-06-06 at 11.26.30_a8991b6e.jpg
undefined
500980813_2192374544527497_7924401630519635437_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार