२४ जेष्ठ, काठमाडौँ। नेपाल बुद्धिचाल महासङ्घ र अन्नपूर्ण स्कुलको संयुक्त आयोजनामा अन्नपूर्ण दोस्रो राष्ट्रिय स्कुल चेस च्याम्पियनसिप अन्तर्गत जुनियर युवा ९ र ११ वर्ष मुनि छात्र छात्र समूहका अन्तिम चरणको खेल सम्पन्न भएका छन्।
शनिबार सम्पन्न अन्नपूर्ण स्कुलको सभा हलमा सम्पन्न यो ११ छात्र तर्फ पेभिलियन चेस एकेडेमीका अग्रिम सैजुले सात चरणको खेलमा अपराजित रहँदै विजयी बनेका छन्। प्रतियोगितामा अल्केमिस्ट एकेडेमीका वचन सिलवाल दोस्रो र पुष्प सदनका हार्दिक पन्त समान ६ अङ्क प्राप्त गर्दै तेस्रो स्थान ओगट्न सफल भएका छन् यस्तै युवा ११ वर्ष छात्रा तर्फ ६ चरणको खेलमा मार्भलस अङ्ग्रेजी बोर्डिङ स्कुलकी निहाना श्रेष्ठले एकल ५.५ अङ्क प्राप्त गर्दै विजयी बनेकी छिन् ।
स्पर्धामा इम्पेरियल वर्ल्ड स्कुलकी अग्रता आचार्य दोस्रो, युरो स्कुलकी विप्सना केसी र समान ५ अङ्क जोडेर तेस्रो स्थान प्राप्त गरेकी छन्। यसैगरी यु ९ छात्रतर्फ ६ चरणको खेलमा पेभिलियन चेस एकेडेमीका सुनभ ओझाले पूर्ण ६ अङ्क प्राप्त गर्दै विजय बनेका छन्। प्रतिस्पर्धामा रातो बङ्गला स्कुलका सुभङ्ग प्रधान दोस्रो र पशुपति एकेडेमीका साइन्स कँडेल तेस्रो स्थानमा खेल पूरा गरेका छन्। क्रमश: युवा ९ वर्ष मुनि छात्रा तर्फ दीपज्योति आवासीय माध्यमिक विद्यालयकी अंशिका श्रेष्ठ र मार्बलस स्कुलकी संगीता दासले समान ४ दशमलव ५ अङ्क जोडेर क्रमश पहिलो र दोस्रो स्थान ओगट्न सफल भएकी छिन्।
यसै समूहमा काठमाडौँ विद्यालयकी निगिता ४ अङ्क जोडेर तेस्रो स्थानमा रहँदै प्रतियोगिता सम्पन्न गरेकी छिन् । यसै बीच विजयी खेलाडीहरूलाई नेपाल बुद्धिचाल महासङ्घका महासचिव धरमबहादुर लामाले पुरस्कार वितरण गरेका छन्। २० औँ अन्नपूर्ण राष्ट्रिय स्कुल चेस च्याम्पियनसिपका छात्र १३ छात्रा १३ र छात्र छात्रा १३ वर्ष माथिका खेलहरु भोलिदेखि शुरु हुनेछ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com