एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व प्रसिद्ध अमेरिकी उद्यमी इलोन मस्कसँगको आफ्नो सम्बन्ध अब समाप्त भएको बताएका छन् । शनिबार एनबीसी न्यूजसँग कुरा गर्दै ट्रम्पले सम्भवतः त्यो सम्बन्ध अब सकिएको बताए । अनि के उनी त्यो सम्बन्ध सुधार गर्न चाहन्छन् भन्ने पत्रकारको प्रश्नमा उनको जवाफ थियो, 'अहँ, नाइँ' ।
यसअघि, ट्रम्पले मस्कले ‘आफ्नो सोच्ने शक्ति गुमाएको’ बताउँदै आफ्ना अर्बपति पूर्व सहयोगीसँगको विवादलाई थाँती राख्दै अघि बढ्ने बताएका थिए । विश्वका सबैभन्दा धनी र शक्तिशाली व्यक्तिहरूबीचको तीव्र सार्वजनिक सम्बन्ध विच्छेदले विश्वलाई चौतर्फीरूपमा राजनीतिक र आर्थिक जोखिमतर्फ धकेलेको छ ।ह्वाइट हाउसका अधिकारीहरूले एएफपीलाई बताएअनुसार ट्रम्पले मस्कसँग वार्ता गर्ने सोचलाई त्यागिसकेको बताएका छन् ।
घनिष्ठ रहेका ट्रम्प र मस्क केही समयअघि व्यक्तिगत तहमै एक अर्काविरुद्ध गालीगलौजमा उत्रिएका हुन् । जसले गर्दा अमेरिकी र अन्य सेयर बजारले त्यसको कम्पन महसुस गरेको छ । टेस्लाको सेयर मूल्य बिहीबार एकैदिन १४.३ प्रतिशतले घटेको थियो भने कम्पनीको बजार मूल्यमा १५० अर्ब अमेरिकी डलरभन्दा बढीको गिरावट आएको थियो । यसले गर्दा टेस्ला विश्वका १० ठूला कम्पनीको सूचीबाट समेत बाहिरिएको छ । यस घटनाले मस्कको व्यक्तिगत सम्पत्तिमा पनि ठूलो असर परेको छ । उनले एकैदिन झन्डै ३४ अर्ब डलर गुमाएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र टेस्लाका मालिक इलन मस्क एकअर्काविरूद्ध व्यक्तिगत वादविवादमा उत्रिएपछि दुई जनाले वार्ता गर्ने तयारी गरेका छन्।
ट्रम्पका सहयोगीले दुई जनाबीचको वार्ता गराउन शुक्रबारको समय तय गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
ह्वाइट हाउसले दुई जनाबीच शुक्रबार कुराकानी हुने बताए पनि कुन समयमा कुरा गर्नेछन् भनेर खुलाएको छैन। यसबारे मस्कका प्रतिनिधिले केही नबताएको रोयटर्सले समाचारमा उल्लेख गरेको छ।
बिहीबार ट्रम्पले मस्कको कम्पनीसँग सरकारी सम्झौता रद्द गर्ने धम्की दिएपछि उनीहरूले व्यक्तिगत तहमै उत्रिएर एकअर्काको आलोचना गरेका थिए।
ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्ट र मस्कले एक्सबाट एकअर्काको आलोचना गरेका छन्।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार ट्रम्पले ओभल अफिसमा पत्रकारहरूसँगको कुराकानीमा सरकारको अर्बौं डलर बचाउन इलनका सरकारी अनुदान र सम्झौताहरू रद्द गर्ने बताएका थिए।
ट्रम्पले अनुदान कटौती गर्ने भनेपछि मस्कले ट्रम्पविरूद्ध महाभियोग लगाउनुपर्ने बताएका छन्। उनले त्यो कुरा सिधै नभने पनि महाभियोग लगाउनुपर्ने उल्लेख गरी एक प्रयोगकर्ताले एक्समा गरेको पोस्टलाई 'हो' भनेर रिपोस्ट गरेका थिए।
मस्क एक साताअघि मात्रै ह्वाइट हाउसबाट बाहिरिएका थिए। डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी (डोज) प्रमुखका रूपमा उनको कार्यकाल सकिएपछि गत शुक्रबार उनले ह्वाइट हाउसमा आफ्नो अन्तिम दिन बिताएका थिए।
एक सातामै राष्ट्रपति ट्रम्प र मस्कबीच सम्बन्ध बिग्रिएको हो। मस्कले ट्रम्पको कर कटौती र खर्चसम्बन्धी विधेयकको आलोचना गर्दै आएका छन्।
मस्कले यो विधेयकले अमेरिकाको ३६२ खर्ब डलरको ऋणलाई थप बढाउने बताए। ट्रम्पले सुरूमा मौनता साँधे पनि बिहीबार उनले मस्कप्रति निराश भएको बताएका थिए।
'इलन र मेरो सम्बन्ध राम्रो थियो, अब त्यो रहन्छ कि रहँदैन, थाहा छैन,' ट्रम्पले भनेका छन्।
मस्कले ट्रम्पलाई आफूले राष्ट्रपति बनाएको दाबी गरेका थिए ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com