Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

१४ वर्ष नपुगुञ्जेल 'नो स्मार्टफोन', १६ वर्ष नपुगुञ्जेल 'नो सोसल मिडिया'

१४ वर्ष नपुगुञ्जेल 'नो स्मार्टफोन', १६ वर्ष नपुगुञ्जेल 'नो सोसल मिडिया'

एजेन्सी । बेस्टसेलर पुस्तक 'द अ्याङ्कसस जेनेरेशन' का लेखक जोनाथन हाइडले डिजिटल प्रविधिले युवा मस्तिष्कमा पार्ने प्रभावबारे विभिन्न तथ्य तथा घटनाक्रमहरु प्रस्तुत गर्दै समयमै यसको निदान गर्नुपर्ने धारणा राखेका छन् । ४४ भाषामा १७ लाख बढी प्रति बिक्री भैसकेको उक्त पुस्तकमा नले युवाहरुमा अत्यधिक प्रविधिको परनिर्भरताप्रति चिन्ता र गम्भीर चासो व्यक्त गर्दै यस विरुद्ध कल फर अ्याक्सन आवश्यक भएको उल्लेख गरेका छन् ।

युवाहरुको मानसिक स्वास्थ्य बिग्रनुमा सबैभन्दा बढी हात स्मार्टफोनको भएको उल्लेख गर्दै उनले विश्वभरका अभिभावकहरुलाई यस विरुद्ध बेलैमा सचेत हुन विशेष आग्रह पनि गरेका छन् । सन् २०१० यता युवाहरुको डिजिटल प्रविधि र त्यसमा पनि स्मार्टफोन र सामाजिक सञ्जालहरुमा लगावको अवस्थाबारे उनले पुस्तकमा चित्रण गर्दै यस्तो निष्कर्ष निकालेका हुन् । अ्याङ्जायटी, डिप्रेशन, आत्महानी तथा आत्मदाह जस्ता घटनाको प्रमुख कारक स्मार्ट फोन र सोसल मिडिया भएको उनको निष्कर्ष छ ।

पुस्तकमा उनी यी समस्याको निराकरण छ तर समय सीमित भएको बताउँदै कृत्रिम बौद्धिकता (एआई) ले निम्त्याउने खतराले पिरोल्नुअघि नै अभिभावकहरुले कदम चाल्नुपर्ने उल्लेख गर्छन् । खासगरी उनको स्पष्ट र सिधा खालको सुझावले विभिन्न देशका नीति निर्माताहरुको समेत ध्यानाकृष्ट गराएको छ ।

सोही कारण अष्ट्रेलियाले यही वर्षको अन्त्यबाट १६ वर्ष मुनिकाहरुलाई सामाजिक सञ्जालमा प्रतिबन्धको नियम लागू गर्दैछ । खासमा उक्त पुस्तकको प्रभाव एक अष्ट्रेलियाली राजनीतिज्ञकी पत्नीलाई परेको थियो जसको कारण अन्ततः कानुननै बन्यो । ती महिला द अ्याङ्कसस जेनेरेशन पढ्दै थिइन् । राती सुत्ने बेलामा पढिरहेकी उनलाई उक्त पुस्तकमा हाइडले दिएको सुझावले अत्यन्तै छोयो र उनले आफ्ना सांसद पतीलाई पुस्तक पढ्न मात्र होइन उक्त सुझावका सम्बन्धमा केही काम गर्न समेत आग्रह गरिन् । जसले गर्दा अन्ततः अष्ट्रेलियामा कानुननै बन्न सहयोग गर्यो ।  

हाइडले पुस्तकमा १४ वर्ष अघिसम्म बालबालिकाहरुलाई स्मार्टफोन दिन नहुने र १६ वर्ष अघिसम्म सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउनुपर्ने सुझाएका छन् ।

diverse-group-students-classroom-setting-using-laptops-looking-engaged_14117-892783.jpg

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार