Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
आईसीसी विश्वकप क्रिकेट लिग–२

केवल दुई रनले पराजित !

केवल दुई रनले पराजित !

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाल स्कटल्यान्डसँग केवल दुई रनले पराजित भएको छ । स्कटल्यान्डको डुन्डीमा आइतबार सम्पन्न खेलमा नेपाल दुई रनले पराजित भएको हो । 

स्कटल्यान्डले प्रस्तुत गरेको ३२४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ३२१ रनमा अल आउट भयो । नेपालका भीम सार्की, सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएका थिए । भीमले ७३ रन बनाए । भीमले ८५ बलमा आठ चौका प्रहार गरे । सोमपालले ६७, दिपेन्द्रले ५६, आरिफ शेखले ३९, कुशल भुर्तेल र करण केसीले १७–१७ रन जोडे । 

त्यसअघि टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३२३ रनको विशाल योगफल तयार गरेको थियो । 

स्कटल्यान्डका कप्तान रिची बेरिङ्टनले शतकीय इनिङ खेले । बेरिङ्टनले ११४ बलमा ६ चौका र चार छक्कासहित १०२ रनको योगदान गरे । माइकल लिस्कले ९६, चार्ली टेयरले ६८ रन जोडे । 

नेपालका करण केसी र दिपेन्द्रसिंह ऐरीले दुई–दुई विकेट लिए । ललितनारायण राजवंशीको नाममा एक विकेट रह्यो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार