Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

नेसन्स लिग फुटबलको उपाधि पोर्चुगललाई

नेसन्स लिग फुटबलको उपाधि पोर्चुगललाई

एजेन्सी । पोर्चुगलले युईएफए नेसन्स लिग फुटबलको उपाधि उचालेको  छ। आइतबार मध्यराति जर्मनीको म्युनिखस्थित एलियान्ज एरिनामा भएको फाइनल खेलमा पोर्चुगलले स्पेनलाई टाइब्रेकरमा ५-३ गोल अन्तरले हराउँदै दोस्रोपटक नेसन्स लिगको उपाधि उचालेको हो।

निर्धारित ९० मिनेट र त्यसपछिको थप ३० मिनेटको अतिरिक्त समयमा पनि खेल २-२ को बराबरीमा टुंगिएपछि नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको थियो।

पेनाल्टी सुटआउटमा पोर्चुगलका लागि गोन्सालो रामोस, भितिन्हा, ब्रुनो फर्नान्डेस, नुनो मेन्डेस र रुबेन नेभेसले गोल गर्दै आफ्नो टोलीलाई विजयी बनाए। यता, स्पेनका मिकेल मेरिनो, एलेक्स बेना र इस्कोले गोल गरे पनि अल्भारो मोराटाले पेनाल्टी मिस गर्दा स्पेन उपाधिबाट वञ्चित भयो।

खेलमा स्पेनले दुईपटक अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन। खेलको २१औं मिनेटमा मार्टिन जुयामेण्डीले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। त्यसको ५ मिनेटमै नुनो मेन्डेसले गोल गर्दै खेल बराबरीमा ल्याए। पहिलो हाफको अन्तिममा (४५औं मिनेटमा) मिकेल ओयारजाबालले गोल गरेपछि स्पेन २-१ को अग्रताका साथ पहिलो हाफमा अगाडि रह्यो।

दोस्रो हाफको ६१औं मिनेटमा पोर्चुगलका स्टार सिनियर खेलाडी क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेललाई पुन: बराबरीमा ल्याए। त्यसपछि थप गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार