एजेन्सी । यो यस्तो मनमोहक फ्रेञ्च ओपन फाइनल बन्यो कि नेशन्स कपको फाइनलको तयारीमा रहेको स्पेनी फुटबलहरुले पोर्चुगलसँगको खेल अघि एउटा मोबाइल फोनमा झुम्मिएर आफ्नो दशका २२ वर्षीय कार्लोस अल्काराजले विश्व नम्बर एक इटालीका जानिक सिन्नरलाई पराजित गरेको उक्त खेल हेरे ।
नेशन्स कप फाइनल शुरु हुन केवल २ मिनेट अघि फ्रेञ्च ओपनको अभुतपूर्व फाइनल सकिएको थियो जसको शानदार स्वाद स्यानियार्ड फुटबल खेलाडीहरुले लिए । बीबीसीका खेल पत्रकार बबी ज्याक्सनले आफ्नो बाइलाइन न्यूज स्टोरीमा लेखेका छन् । उक्त न्यूज स्टोरीमा उनले अल्काराजलाई किङ्ग कार्लोस भनेका छन् ।
हो, युवा स्यानियार्ड कार्लोस अल्काराजले लगातार दोस्रो पटक फ्रेन्च ओपन जितेका छन्। २२ वर्षीय अल्काराजले विश्व नम्बर एक इटालीका जानिक सिन्नरलाई ४-६, ६-७(४), ६-४, ७-६(३), ७-६(१०-२) को स्कोरले पराजित गर्दै उपाधि हात पारेका हुन् । ५ घण्टा २९ मिनेट चलेको यो खेलले फ्रेन्च ओपन इतिहासमै सबैभन्दा लामो पुरुष एकल फाइनलको किर्तिमान समेत बनायो ।
अल्काराजले पहिलो दुई सेट गुमाएर पनि शानदार पुनरागमन गर्दै तीनवटा च्याम्पियनसिप अंक बचाए। चौथो सेटमा ३(५ को अवस्थामा ०(४० ले पछि परेका उनले सिन्नरको सर्भिस गेम तोड्दै खेललाई पाँचौं सेटसम्म पुर्याए। अन्तिम सेटको टाइब्रेकमा उनले १०-२ को स्कोरले जित हासिल गरे। यो उनको पहिलो दुई सेटले पछाडि परेर जितेको खेल थियो।
जितसँगै अल्काराजले आफ्नो पाँचौं ग्रान्ड स्लाम उपाधि जितेका छन्। उनले यसअघि दुई विम्बल्डन (२०२३, २०२४), दुई फ्रेन्च ओपन (२०२४, २०२५) र एक यूएस ओपन (२०२२) जितिसकेका छन्। २२ वर्षको उमेरमा उनले तीन फरक सतहमा ग्रान्ड स्लाम जित्ने सबैभन्दा कम उमेरका पुरुष खेलाडीको कीर्तिमान पनि बनाएका छन्।
यो खेललाई द गार्जियनले ‘कुनै पनि खेलमा अहिलेसम्मकै उत्कृष्ट फाइनलमध्ये एक’ को संज्ञा दिएको छ। यस्तै, कतिपय खेल पण्डितहरु तथा अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उक्त खेललाई अभुतपूर्व फ्रेञ्च ओपन फाइनल भनेका छन् । अल्काराज र सिन्नरको यो १२औं भेटमा अल्काराजले सिन्नरमाथि पाँचौं लगातार जित हासिल गरे, जसले उनीहरूको प्रतिस्पर्धालाई ‘युग परिवर्तनकारी’ भनेर व्याख्या गरिएको छ।
ऐतिहासिक जीतपछि अल्काराजले फ्रेञ्च ओपन कप उचालेको आफ्नो तस्बिरसहित सामाजिक सञ्जालमा पोष्ट गरे, 'तपाईको आइतबार कस्तो रह्यो ?'
अल्काराजको यो जितले उनलाई राफायल नाडाल र गुस्ताभो कुएर्टेनपछि यो शताब्दीमा फ्रेन्च ओपनको उपाधि रक्षा गर्ने तेस्रो पुरुष खेलाडी बनाएको छ। अब उनी र सिन्नर दुवै आगामी विम्बल्डनको तयारीमा जुट्ने छन्, जहाँ अल्काराज साविक विजेताका रूपमा सहभागी हुनेछन्।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com