Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

प्रसिद्ध धर्मगुरु काली बाबा नेपालमा

प्रसिद्ध धर्मगुरु काली बाबा नेपालमा

काठमाडौं । भारतका प्रसिद्ध धर्मगुरु बाबा कालीदाश स्वामी कृष्णानन्द परमहंश (काली बाबा)  तीन साता लामो अमेरिका भ्रमण सकी नेपाल आउनुभएको छ ।  करीब ३ हप्ता अमेरिका रहँदा उहाँले टेक्सास, कोलोराडो, जर्जिया, न्यूजर्सी, मेरिल्याण्ड, भर्जिनिया र फ्लोरिडा राज्यका हिन्दू धर्मावलम्बी र भक्तजनसँग प्रत्यक्ष भेट गरेर धर्म, दर्शन र अध्यात्म बारे प्रवचन दिनुभएको थियो । अमेरिकामा रहँदा उहाँले फेरि अनुकूल मिलाएर अझ धेरै हिन्दू धर्मावलम्बी र भक्तजनहरुका माझ पुग्ने चाहना रहेको बताउनुभएको थियो ।

नेपाल आए लगत्तै उहाँ आजै पोखरा जानुभएको छ । नेपालमा तरल राजनीतिक अवस्थामा बाबाको अमेरिका भ्रमण, नेपाल आगमन र पोखरा बसाइलाई अर्थपूर्ण रुपमा महत्वका साथ हेरिएको छ । त्यसो त भारतीय संस्थापन पक्षसँग बाबाको खास सम्बन्ध रहेको चर्चा गरिन्छ । नेपालको संक्षिप्त बसाइका क्रममा उच्च राजनीतिक नेतृत्वसँग पनि उहाँको भेटको सम्भावना रहेको स्रोतले बताएको छ । 

धर्मले नै सबैको रक्षा गर्छ भन्ने हिन्दू धर्मका प्रसिद्ध साधक कालीबाबाको विश्वास रहेको छ ।भारतसँगै नेपालमा पनि प्रख्यात कालीबाबाको छिमेकी मुलुकमा आश्रम, धाम, अस्पताल, गौशाला लगायत च्यारिटी केन्द्र छन् । विश्वभरका हिन्दु अनुयायीहरुले बाबालाई विशेष श्रद्धा गर्दछन् । 

नेपाल उहाँको जन्म र पितृथलो हो। त्यही जन्मभूमिका लागि केही योगदान गर्ने पवित्र सोच रहेको बाबाले पछिल्लो समय बताउँदै आउनुभएको छ ।  केही समयअघि नेपाल आएको बेला उहाँले नेपाललाई हिन्दुराष्ट्र घोषणा नगरेसम्म यहाँ आफूले अभियान सञ्चालन गरिरहने बताउनुभएको थियो । 

WhatsApp Image 2025-06-09 at 13.56.32_ac9c5980.jpg
undefined
WhatsApp Image 2025-06-09 at 13.56.33_8ab93196.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार