काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले ७ क्रिकेटरलाई 'हल अफ फेम' मा समावेश गरेर सम्मानित गरेको छ ।
आईसीसीले भारतीय पुर्व कप्तान महेन्द्र सिंह धोनीसहित अष्ट्रेलियाका म्याथ्यू हेडेन, दक्षिण अफ्रिकाका हाशिम अमला दक्षिण अफ्रिकाकै ग्रीम स्मिथ र न्यूजील्याण्डका डेनियल भेटोरीलाई 'हल अफ फेम' मा समावेश गरेर सम्मान गरेको छ । त्यस्तै महिला क्रिकेटरमा पाकिस्तानकी साना मिर र इङ्गल्याण्डकी सारा टेलरलाई हल अफ फेमु सम्मानको सूचीमा समावेश गरिएको छ ।
आइसीसीले सन् २००९ को जनवरीमा क्रिकेटमा खेलाडीहरुले गरेको योगदानलाई सम्मान गर्न हल अफ फेमको सुरुवात गरेको थियो । सुरुमा ५५ खेलाडीलाई सम्मान गर्दै यो सुची जारी गरिएको थियो ।त्यसपछि हरेक बर्ष आइसीसी अवार्ड घोषणा गर्दा हल अफ फेममा समावेश हुने खेलाडीको सुची जारी गर्ने गरेको छ ।
यस सूचीमा अहिलेसम्म इङल्याण्डका धेरै ३४ खेलाडी रहेका छन् भने अस्ट्रेलियाका ३०, वेस्टइन्डिजका २१, भारतका ११, दक्षिण अफ्रीकाका ९, पाकिस्तानका ८, न्युजील्याण्ड र श्रीलंका ४(४ र जिमब्बेका एक गरि कुल १२२ खेलाडीले अहिलेसम्म आइसीसीको 'हाल अफ फेम' सम्मान पाएका छन् । यो वर्ष (सन् २०२५) ५ पुरुष र २ महिलाले उक्त विश्वस्तरीय सम्मान पाएका हुन् ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com