Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

महासंघ अध्यक्ष ढकाल र आइएलओ महासचिव होङ्बोविच भेटवार्ता; रोजगारदाता लक्षित सहयोग विस्तारमा जोड

महासंघ अध्यक्ष ढकाल र आइएलओ महासचिव होङ्बोविच भेटवार्ता; रोजगारदाता लक्षित सहयोग विस्तारमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का महानिर्देशक गिल्बर्ट एफ. होङ्बोसँग भेटवार्ता  भएको छ । ११३औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनको अवसरमा जनेभामा भएको भेटवार्तामा श्रम तथा रोजगारका विविध विषयमा छलफल भएको थियो ।

सो अवसरमा महासंघका अध्यक्ष ढकालले महासंघ मर्यादित श्रम र समावेशी आर्थिक वृद्धिका लक्ष्यहरूमा प्रतिबद्ध रहेर काम गर्दै आएको बताउँदै  रोजगारदाता लक्षित सहयोग विस्तारमा जोड दिनु भयो । उहाँले आइएलओको निरन्तर सहयोगबाट नेपालका श्रमिक तथा उद्यम दुवैले ठोस प्रगति गर्न सक्नेमा आफु विश्वस्त रहेको बताउँदै आउने दिनमा थप सहयोगको अपेक्षा गरेको बताउनु भयो । 

“नेपाल सन् २०२६ मा अतिकमविकसित देशको श्रेणीबाट स्तरोन्नती हुँदैछ, त्यसपछि नयाँ व्यापार नियमहरू लागू हुनेछन् ।  यसले हाम्रो निर्यात क्षमतामा र त्यससँग जोडिएका रोजगारीहरूमा असर पर्न सक्छ । त्यसैले यो अवस्थामा हाम्रो लागि सहयोगको खाँचो छ ।” उहाँले भन्नु भयो । 

उहाँले नेपाल जस्ता देशहरुको लागि विस्तारित व्यापार सुविधा, लगानी पहुँच सुधार वा प्राविधिक सहायता जस्ता उपायहरू अबलम्बन गर्नु पर्ने विषयलाई आइएलओले अन्तर्राष्ट्रिय छलफलहरूमा उठाउनु पर्ने धारणा राख्नु भयो । 

नेपालको निजी क्षेत्रको एकमात्र आधिकारिक रोजगारदाता  संगठनका रूपमा महासंघले त्रिपक्षीय श्रम प्रणालीमा महत्वपूर्ण भूमिका खेलेको अध्यक्ष ढकालले स्पष्ट पार्नुभयो । यस्तै उहाँले यस वर्षको आइएलओ प्रतिवेदनलाई स्वागत गर्दै भन्नुभयो, “यसको केन्द्रबिन्दुमा रहेको औपचारिकीकरण, श्रमिक सुरक्षाको मजबुतीकरण, र मर्यादित रोजगारी सिर्जना—यी सबै कुराहरू नेपालका लागि प्रत्यक्ष रूपमा सान्दर्भिक छन् ।”  

उहाँले श्रमिक संगठनहरूसँगको सहकार्यलाई मजबुत बनाउन महासंघले सामाजिक संवादका संरचित मञ्चहरू स्थापना गरेको, द्विपक्षीय समझदारीपत्रहरूमा हस्ताक्षर गरेको, र औद्योगिक सम्बन्धमा सुधार ल्याउने प्रयासहरूलाई उल्लेख गर्नुभयो । 

आइएलओसँगको निरन्तर सहकार्यप्रति आभार प्रकट गर्दै, अध्यक्ष ढकालले काठमाडौंस्थित आइएलओ कार्यालयबाट प्राप्त सहयोग प्रति आभार व्यक्त गर्नु भयो । अध्यक्ष ढकालले नेपाललाई अनौपचारिक अर्थतन्त्रको औपचारिकीकरण प्रवद्र्धनमा ‘ग्लोबल च्याम्पियन’ देशमध्ये एकको रूपमा चयन गरिएको कुरालाई पनि स्मरण गर्दै यो मान्यताले महासंघको वर्षौंको प्रयासलाई सम्मानित गरेको विचार व्यक्त गर्नु भयो ।

यस्तै अध्यक्ष ढकालले नेपालको निजी क्षेत्रमा युवा, दक्ष जनशक्ति, बढ्दो डिजिटल सीप, तथा जलविद्युत, पर्यटन र सूचना प्रविधि जस्ता क्षेत्रमा राम्रो सम्भावना रहेको उल्लेख गर्नु भयो । 
सो अवसरमा आइएलओका महानिर्देशक गिल्बर्ट एफ। होङ्बोले महासंघ संगको आपसी सहयोग र सहकार्यका विषयमा आफु सकारात्मक रहेको धारणा राख्नु भएको थियो । 

११३औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनको क्रममा जेनेभामा रहनु भएका अध्यक्ष ढकालले रोजगारदाताहरुको अन्तरराष्टिय संगठन इन्टरनेशनल अर्गनाइजेशन अफ इम्पोलयर्स ९आइओइ० का महासचिव रोबर्टो स्वारेज सान्तोस तथा डब्ल्यूटीओका उपमहानिर्देशक झाङ शियाङछेन्सँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नु भएको थियो ।

WhatsApp Image 2025-06-11 at 16.06.29_ec09de7b.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार