Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

राजदूत रेग्मीद्वारा राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष ओहोदाको प्रमाणपत्र पेश

राजदूत रेग्मीद्वारा राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष ओहोदाको प्रमाणपत्र पेश

काठमाडौँ ।अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ ।

बुधबार राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा राजदूत रेग्मीले ओहोदाको प्रमाणपत्र पेस गरेको त्यहाँस्थित नेपाली नियोगले जनाएको छ। कार्यक्रममा राजदूत रेग्मीले नेपालका राष्ट्रपति, प्रधानमन्त्री र नेपाली नागरिकका तर्फबाट राष्ट्रपति ट्रम्पको सुस्वास्थ्य, खुसी र सफल कार्यकालको कामना समेत गर्नुभएको थियो ।

राजदूत रेग्मीले नेपाल र अमेरिकाबीचको द्विपक्षीय र पारस्परिक सम्बन्ध निरन्तर वृद्धि र मजबुत हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले अमेरिकाले नेपालका विकास प्राथमिकतामा पुर्‍याउँदै आएको विविध सहयोगका लागि कृतज्ञता समेत व्यक्त गर्नुभयो ।

506311905_1104070098421608_4988090096810896628_n.jpg
undefined


प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार