Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

विद्युतीय कार प्रयोगमा प्रत्येक मुलुकले नेपाललाई अनुसरण गर्न सक्छन् : एरिक सोल्हेम

विद्युतीय कार प्रयोगमा प्रत्येक मुलुकले नेपाललाई अनुसरण गर्न सक्छन् : एरिक सोल्हेम

काठमाडौं । नर्वेका पूर्वमन्त्री प्रखर कुटनीतिज्ञ एवम् संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारी एरिक सोल्हेमले नेपालमा विद्युतीय गाडीको प्रयोग बढेकोमा प्रसन्नता व्यक्त गर्नुभएको छ । हाल नेपालमा नयाँ गाडीहरुमध्ये ७० प्रतिशत विद्युतीय गाडी भएको भन्दै उहाँले वातावरण मैत्री यो कामको खुलेर प्रशंसा गर्नुभएको हो । 

दक्षिण एसियाली नेताहरूका विश्वासिला सल्लाहकार तथा प्रख्यात जलवायु (हरित) अभियन्ता सोल्हेमले हालै जुन ११ मा काठमाडौंमा एउटा भिडियो सामाग्री बनाएर आफ्नो एक्स अकाउन्टमा पोष्ट गर्नुभएको छ जहाँ उहाँले विद्युती गाडीको प्रयोग बढेको भन्दै विश्वका प्रत्येक मुलुकले वातावरण संरक्षणका दिशामा नेपालको कदमको अनुसरण गर्न सक्ने बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘विद्युतीय गाडी केवल धनीहरुका लागि हो भनेर मानिसहरुले भनेको मैले सुनेको छु । यो मुर्ख भनाइ हो । नेपालले यो गलत वा मुर्खता हो भन्ने प्रमाणित गरिएको छ । यो नेपालको सानो चमत्कार हो । नेपालका सडकमा हाल मुख्यतया चिनियाँ र अन्य सबै प्रचलित (कोरियाको ह्युन्डाइ, भारतको टाटा लगायत युरोपेली मुलुकका) ब्राण्डका विद्युतीय गाडीहरु देख्न सकिने भन्दै सोल्हेमले सबै प्रचलित ब्राण्डहरुले नेपाली जनतालाई विद्युतीय गाडी बेच्न चाहेको बताउनुभएको छ ।

नेपाल सरकारले सही नीति अवलम्बन गरेका कारण यो सम्भव भएको सोल्हेमको तर्क छ ।  नर्वेको ग्रीन पार्टीका नेता उहाँ आफूलाई ग्रीन पोलिटिसियन, कुटनीतिज्ञ तथा शान्ति सम्झौता मध्यस्थकर्ता भन्न रुचाउनुहुन्छ । 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार