Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

'बियोन्ड द बाइलाइन' प्रशिक्षण कार्यक्रम प्रभावकारी रह्योः सीजेएन

'बियोन्ड द बाइलाइन' प्रशिक्षण कार्यक्रम प्रभावकारी रह्योः सीजेएन

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको आयोजना तथा नेपाल सहकारी पत्रकार समाज  (सीजेएन) को संयोजनमा सहकारी बिटमा कार्यरत पत्रकारहरुका लागि दुई दिवसीय ‘बियोन्ड द बाइलइन’ कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

जेठ ३० र ३१ गते सञ्चालन भएको कार्यक्रममा ‘बियोन्ड द बाइलइन’ सम्बन्धी प्रशिक्षण कार्यक्रममा पत्रकारिताको अवस्था, चुनौती र अवसरका साथै मल्टिमिडिया एण्ड आर्टिफिसियल इन्टेलिजेन्सका विषयमा प्रशिक्षकहरूले सहजीकरण गर्नुभएको थियो ।

सीजेएन अध्यक्ष काजी श्रेष्ठको संयोजकत्वमा शुक्रबार कार्यक्रमको पहिलो सेसन अन्तर्गत राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाई र दोस्रो सेसन अन्तर्गत नेपाल प्रेसका प्रधान सम्पादक मात्रिका पौडेलले सहजीकरण गर्नुभएको थियो । 

प्रमुख कार्यकारी अधिकृत गुरागाईले सहकारीमा पूँजी पर्याप्तता अनुपात तथा वित्तीय अवस्थाका विषयमा सहजीकरण गर्नुभएको थियो । उहाँले सहकारीमा पुँजीकोषको अवस्था र यसले संस्थाहरुको दिगोपनका लागि पार्ने प्रभावका विषयमा प्रकाश पार्नुभएको थियो ।

साथै उहाँले पछिल्लो समय सहकारी बैंकको वित्तीय अवस्था सुधारोन्मुख रहेको उल्लेख गर्दै सहकारी क्षेत्रमा देखिएको केही समस्याले गर्दा बढ्दै गएको खराब कर्जा सुधारका लागि नीतिगत रूपमा काम गर्दै आएको प्रमुख कार्यकारी अधिकृत गुरागाई बताउनुभयो । 

उहाँले भन्नुभयो ‘हामीले विभिन्न रणनीतिहरू अपनाएर खराब कर्जा घटाउँदै गएका छौँ । सहकारी बैंकको वित्तीय अवस्था अब पोजेटिभ बन्दै गएको छ, यो असार मसान्तको रिपोर्ट धेरै राम्रो आउनेछ ।’ 
यस्तै, नेपाल प्रेसका प्रधान सम्पादक मात्रिका पौडेलले सहकारी पत्रकारिताको अवस्था, चुनौती र अवसरका विषयमा प्रशिक्षण दिँदै आफ्ना अनुभवहरू सुनाउनुभएको थियो । 

यस्तै, शनिबार वरिष्ठ पत्रकार रजनिश भण्डारीले मल्टिमिडिया तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विषयमा प्रशिक्षण दिनुभएको थियो । सहकारी तथा आर्थिक क्षेत्रसँग सम्बन्धित सञ्चारकर्मीहरूको सहभागिता रहेको कार्यक्रममा नेपाल सहकारी पत्रकार समाज (सीजेएन) का अध्यक्ष काजी श्रेष्ठले स्वागत मन्तव्य तथा बैंकका नायब महाप्रबन्धक राजेश श्रेष्ठले कार्यक्रमको समापन गर्नुभएको थियो । 

कार्यक्रमले आफूहरूको क्षमता अभिवृद्धि गर्न सहयोग पुगेको सञ्चारकर्मीहरूको भनाइ थियो ।

राष्ट्रिय सहकारी बैंकले हरेक वर्ष नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को सहकार्यमा बैंकका सदस्य सहकारी संघ संस्थाहरुको अध्ययन अवलोकन भ्रमण तथा सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने गरी विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार