Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

उच्च अदालतको आदेश: पत्रकार दिलभूषण पाठकलाई कानुनबमोजिम बाहेक धरपकड नगर्नू

उच्च अदालतको आदेश: पत्रकार दिलभूषण पाठकलाई कानुनबमोजिम बाहेक धरपकड नगर्नू

काठमाडौँ । पाटन उच्च अदालतले पत्रकार दिलभूषण पाठकलाई कानुनबमोजिम बाहेक धरपकड नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोले विद्युतीय कारोबार (साइबर अपराध) मुद्दामा पाठकलाई पक्राउ गरी अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति लिएको थियो।

न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासले तत्काल पाठकलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। अदालतले थप छलफलका लागि सरकारी पक्षलाई पनि झिकाएको छ।

समाचार प्रसारण गरेकै आधारमा साइबर अपराध मुद्दामा पक्राउ पुर्जी जारी भएका पत्रकार दिलभूषण पाठकमाथि धरपकड नगर्न अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । पत्रकार पाठकले गृह मन्त्रालयसमेतलाई विपक्षी बनाई दायर गरेको निषेधाज्ञाको निवेदनमा उच्च अदालत पाटनले सोमबार ‘कानुनबमोजिमबाहेक धरपकड नगर्नू, नगराउनू’ भन्ने आदेश दिएको हो। साथै, अन्तरिम आदेशका लागि ५ असारमा दुवै पक्षलाई बोलाउने आदेश भएको छ। 

न्यायाधीश ऋषि राजभण्डारीको इजलासको आदेशमा भनिएको छ, ‘निवेदकले अन्तरिम आदेशसमेत माग गरेको सन्दर्भमा विचार गर्दा दुवै पक्षलाई छलफलमा सहभागी गराई दुवैको कुराहरू सुनी अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्ने सम्बन्धमा आदेश गर्न उपयुक्त देखिँदा मिति २०८२।०३।०५ गतेलाई छलफलको मिति तोकी सो अवधिसम्म निवेदनको गम्भीरतालाई विचार गरी यी निवेदक दिलभूषण पाठकलाई कानुनबमोजिमबाहेक धरपकड नगर्नू, नगराउनू भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) (क) बमोजिम विपक्षीहरूका नाउँमा अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ। प्रस्तुत आदेशको जानकारी छिटो माध्यमद्वारा विपक्षीहरूलाई दिनुहोला।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार