Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

इजरायलमा रहेका नेपालीबारे परराष्ट्रमन्त्रीद्वारा इजरायली राजदूतबाट जानकारी

इजरायलमा रहेका नेपालीबारे परराष्ट्रमन्त्रीद्वारा इजरायली राजदूतबाट जानकारी

काठमाडौं । इरान इजरायल युद्ध चर्किएसँगै इजरायलमा रहेका नेपालीहरूको सुरक्षाबारे परराष्ट्रमन्त्री आरजु राणा देउवाले सोमबार काठमाडौंस्थित इजरायली राजदूतसँग जानकारी लिनुभएको छ ।

परराष्ट्रमन्त्री राणाको सचिवालयका अनुसार उहाँले नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बाससँग इजरायलमा रहेका नेपालीहरूको अवस्थाबारेमा जानकारी लिँदै उनीहरूलाई आवश्यक सहायताका लागि आग्रह गर्नुभएको थियो । त्यस अवसरमा राजदूत बासले हाल त्यहाँस्थित नेपालीहरू सुरक्षित रहेका जानकारी गराउनुभएको थियो ।

आइतबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति प्रकाशन गरेर इजरायल र इरानमा रहेका नेपालीहरु सुरक्षित रहेको जानकारी गराएको थियो । मन्त्री राणाले तेल अभिभ र दोहास्थित नेपाली राजदूतहरूलाई टेलिफोन सम्पर्क गरी त्यहाँ स्थित नेपाली नागरिकको सुरक्षामा ध्यान दिन निर्देशन दिएको उहाँको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार