Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक बिहान साढे ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी गराउनुभयो ।

यसअघि असार १५ गते बस्नेगरी तय भएको बैठक आज बस्ने भएको हो। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई बोलाइएको छ।

कांग्रेस पूर्वसांसद ढुण्डिराज शास्त्रीको सोमबार निधन भएपछि त्यसमा शोक प्रस्ताव पारित गर्नेलगायत कार्यसूचीमा छलफल गर्न बैठक बोलाइएको हो।

शास्त्रीको पार्थिव शरीरलाई अहिले बिहान ९:०० देखि ११: ०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राख्ने र त्यहीबाट शवयात्रा सुरु गरिनेछ । शाष्त्री २०४८ र २०५१ मा अर्घाखाँची निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार