Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

काठमाडौं । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले  जानकारी दिएकी छन् ।

यो विधेयक संघीय संसद्को दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेस गरिएको थियो । स्वास्थ्य विज्ञानको क्षेत्रमा अध्ययन र अनुसन्धानलाई प्रोत्साहन गर्न सरकारले यो विधेयक ल्याएको हो ।

सरकारले कैलालीको गेटामा रहेको गेटा मेडिकल कलेजको संरचनामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार