Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us
कागेश्वरी मनोहरा नगरपालिका सहकारी तथा उद्यम विकास शाखा

नगरपालिकाको सहयोगमा सहकारी पीडित सदस्यहरुको १० लाख रकम फिर्ता

नगरपालिकाको सहयोगमा सहकारी पीडित सदस्यहरुको १० लाख रकम फिर्ता

काठमाडौं । स्थानीय तहको सहयोग, समन्वय र सक्रियता हुँदा अन्य क्षेत्रसँगै सहकारीका विद्यमान समस्या समाधानमा पनि सहयोग पुग्नेमा कसैको दुइमत हुन सक्दैन । यसो हुन सक्दा मात्र घरघरमा सिंहदरबारको वास्तविक अनुभूति हुन सक्छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका अन्तर्गतको सहकारी तथा उद्यम विकास शाखाले पनि यस्तै सक्रियता देखाएर सहकारीमा फसेको सदस्यहरुको रकम फिर्तामा समन्वयकारी भूमिका निर्वाह गरेको छ । जसका कारण बचतकर्ता सदस्यहरुको मुहारमा खुसी मात्र छाएको छैन हाम्रो समस्यामा हाम्रो स्थानीय तह हरबखत साथ छ भन्ने विश्वास दिलाएको छ । 
 
नगरपालिकाको सहकारी तथा उद्यम विकास शाखाले आज असार ५ गते वडा नं ५ स्थित अविजित बचत तथा ऋण सहकारी संस्था लि. का  पिडित सदस्य बचतकर्ताहरुको  करिब १० लाख रकम फिर्ता गरेको जनाएको छ । सहकारीका समस्यामा सहजीकरण गर्ने, सम्बन्धित पक्षहरुलाई नगरपालिकामै बोलाएर छलफल गराउने, मध्यस्थता गर्ने र समस्या समाधानका लागि विशेष पहल गर्ने गरेको शाखा प्रमुख विश्वास ज्ञवालीले जानकारी गराउँदै आउनुभएको छ । सकेसम्म समस्यालाई आपसी समझदारी र सहमतिमा सुल्झाउन प्रयास गर्दै आएको सहकारी तथा उद्यम विकास शाखाले त्यसो गर्दा पनि नभए प्रचलित ऐन कानुन अनुसार कारबाही अघि बढाउने काम गर्दै आएको छ ।

शाखाले आफ्नो क्षेत्राधिकारभित्रका सहकारीहरुको नियमित अनुगमन, पृष्ठपोषण गर्नुका साथै सक्षमता अभिवृद्धिमा पनि काम गर्दै आएको छ भने आगामी आर्थिक वर्षको नीति, कार्यक्रमका सम्बन्धमा पनि सरोकारवालाहरुसँग सुझाव संकलन गरेको जनाएको छ ।

509355191_122137007192748343_4349663568037278546_n.jpg
undefined
509265841_122137007198748343_2930585251664346805_n.jpg
undefined
509302894_122137007282748343_5686508007700719666_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार