काठमाडौं । विद्धान गुरु डा. स्वामी केशवानन्दले योगको मुल उद्देश्य दुःख निवृत्ति भएको बताउनुभएको छ । मानिहरु भौतिक पदार्थ, बाह्य पदार्थ र आफै भित्रबाट गरी तीन चीजबाट दुःखी रहेको चर्चा गर्दै उहाँले ती तीनै चिजको दुःखबाट मुक्तिका लागि योग आवश्यक भएको जिकिर गर्नुभयो । आज जुन २१ (२०८२ असार ७) अर्थात् ११औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले ब्रम्हमुहुर्तको समयमा योगाभ्याससँगै मानव जीवनमा योगको महत्व बुझाउन राखेको संक्षिप्त विद्धत प्रवचन कार्यक्रममा योगको महत्वबारे प्रमुख अतिथि स्वामी केशवानन्दले उक्त धारणा राख्नुभएको हो ।
'हामी मोबाइलबाट दुःखी छौं, घरपरिवारबाट दुःखी छौं, विषयवस्तु र आफ्नै शरीरबाट दुःखी छौं । अर्को भुत, देवता, प्रकृति आदिका कारण पनि हामी दुःखी छौं । र, सबैभन्दा बढी हामीलाई दुःख हामी आफै भित्रबाट छ । त्यसकारण हामी एउटा शान्ति आदि भौतिक शान्ति, अर्को शान्ति आदि दैविक शान्ति र अर्को शान्ति आध्यात्मिक शान्ति भनेर तीनपटक शान्तिः शान्तिः शान्तिः भन्ने गर्दछौं ।'
स्वामी केशवानन्दले योगले दुःख निवारणमा महत्वपूर्ण भूमिका खेल्ने चर्चा गर्नुभयो । आफै भित्रबाट शान्ति प्राप्त गर्ने तरिका योग भएको उहाँले बताउनुभयो । साथै स्वामी केशवानन्दले भगवद् गीतामा पनि श्रीकृष्णले अर्जुनलाई आफैभित्रबाट शान्ति प्राप्त गर्नु महत्वपूर्ण कुरा भएको बताउनुभएको विषयमा चर्चा गर्नुभयो । हाम्रो आहारले, दिनचर्याले हामीलाई सबैभन्दा ठूलो अशान्ति दिएको भन्दै स्वामी केशवानन्दले हामी विचारमा पनि अस्थिर भएको र त्यसले हामीलाई दुःख दिएको उल्लेख गर्नुभयो । त्यस्तै सुताइबाट हामीलाई अशान्ति भएको वा दुःख भएको उहाँको भनाइ थियो । त्यसकारण यी सबै प्रकारका दुःखबाट मुक्ति प्राप्त गर्ने मुल माध्यम योग भएको दाबी उहाँले गर्नुभयो ।
योग केवल आसन मात्र नभई यसबारे चेतना पनि आवश्यक भएको स्वामी केशवानन्दको भनाइ थियो । 'योग सबैलाई सिकाउनुपनि पर्यो, 'उहाँले भन्नुभयो, 'म सधैं भन्ने गर्छु, आज शनिबार हो तपाईहरु बुढाबुढीमात्र होइन छोराछोरी नातिनातिना पनि लिएर आउनुहोस् र योग गर्नुहोस् । योग बुढाबुढीका लागि मात्र होइन सबैका लागि हो । योग विश्वका लागि हो । त्यसैले आफ्ना बालबच्चाहरुलाई पनि सिकाउनुहोस् । सबैभन्दा ठूलो कुरो शान्त रहनुस् खुसी रहनुस् ।'
संस्कृत विश्वविद्यालयबाट ‘पाणिनिको अष्टाध्यायीमा अद्वैत दर्शन’ विषयमा विद्यावारिधि गर्नुभएका स्वामी केशवानन्द पूर्वीय वाङ्मयलाई प्रविधिसँग जोड्ने अभियानमा होमिनुभएको छ ।

Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com