नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले सहकारी अभियानमा वित्तीय सहकारीहरुको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम तय गरेको छ ।
अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५, ६८औं राष्ट्रिय सहकारी दिवस तथा विश्व बचत तथा ऋण सहकारीका प्रणेता फेड्रकि विल्हेम राइफाइसनको २०७औं जन्मजयन्ती (मार्च ३०) को अवसर पारेर आज चैत्र १७ गते कार्यक्रम तय गरेको हो ।
क्रेडिट युनियनका अग्रगामी तथा समाज सुधारक फ्रेडरीक वील्हेम राइफिसेनका निर्देशन र मार्गदर्शक सिद्धान्तहरुको अनुशरण गर्दै नेपालको बचत तथा ऋण सहकारी अभियानको दिगो र संस्थागत विकासका लागि एउटा प्रेरक मार्गदर्शकको रुपमा राइफिसेनको स्मरण गरिने नेफ्स्कूनले जनाएको छ ।
त्यसैगरि ६८औं राष्ट्रिय सहकारी दिवसको पुर्वसन्ध्यामा ‘मर्यादित सहकारीः समुन्नत समाज’ को थिममा रहेर आयोजित सम्पूर्ण कार्यक्रमहरुमा संघको ऐक्यबद्धता सहित नेपाल लगायत विश्वव्यापी रुपमा मनाईएको अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ मा सहकारी सम्बन्धी जनचेतना, सफलताका कथा, सम्भावनाबारे शिक्षा र चेतनामूलक गतिविधिहरु सञ्चालनबारे जानकारी गराइनेछ ।
यससँगै बचत तथा ऋण सहकारी संस्थाहरुलाई दिगो र संस्थागत बनाउन साथै अन्तर्राष्ट्रिय सिद्धान्त र असल अभ्यासको अनुशरणका लागि दिशानिर्दिष्ट गर्ने उद्देश्य कार्यक्रमको रहेको नेफ्स्कूनले जनाएको छ ।
कार्यक्रममा संघका पूर्व अध्यक्ष एवं सल्लाहकार ऋषिराज घिमिरेले नेपालको सहकारी अभियानमा वित्तीय सहकारीहरुको आगामी मार्गचित्र विषयक कार्यपत्र प्रस्तुतीकरण गर्नेछन्। कार्यक्रममा संघमा आबद्ध देशभरका बचत तथा ऋण सहकारी संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहनेछ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com