Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

इरानमा रहेका नेपालीहरुको उद्धारमा भारतले सहयोग गर्ने

इरानमा रहेका नेपालीहरुको उद्धारमा भारतले सहयोग गर्ने

काठमाडौं इजरायल इरान युद्धका कारण तेहरानमा रहेका नेपालीहरुको उद्धारमा भारत सरकारकाले सहयोग गर्ने भएको छ । नेपाल सरकारको अनुरोधमा भारतले इरानका नेपालीलाई फिर्ता ल्याउने काममा सहयोग गर्ने सहमति जनाएको हो।

परराष्ट्र मन्त्रालयका अनुसार अब इरानस्थित भारतीय दूतावासले नेपालीहरूलाई भारतीयसँगै भारत पठाइदिनेछ। भारत आइपुगेका नेपालीहरू नेपाल फर्कनेछन्।

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारत सरकारलाई आफ्ना नागरिकहरूको उद्धार गर्दा इरानमा रहेका नेपाली नागरिकहरूलाई पनि समावेश गर्न विशेष अनुरोध गर्नुभएको थियो । उहाँले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवमार्फत यो अनुरोध पठाउनुभएको थियो । डा. राणाले यो काममा लाग्न भारतका लागि नेपाली राजदूत डा। शंकर शर्मालाई निर्देशन दिनुभएको थियो ।

नेपालको अनुरोधपछि इरानस्थित भारतीय दूतावासले सहयोग गर्न सहमति जनाएको हो। परराष्ट्र मन्त्रालयले इरानमा रहेका नेपालीहरूसँग सम्पर्क गरी उनीहरूलाई भारतीय दूतावासमा सम्पर्क गर्न निर्देशन दिएको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले त्यहाँ रहेका नेपालीहरूसँग र इरानस्थित भारतीय दूतावासका उप नियोग प्रमुख (डीसीएम) राखी मयुरीसँग सम्पर्क र समन्वय गरिरहेको जानकारी दिनुभयो । भारतीय दूतावासले इरानमा रहेका नेपाली र श्रीलङ्काली दुवै नागरिकहरूलाई सम्पर्क गर्न आह्वान गरेको छ।

इरानमा १६ जना नेपाली रहेको तथ्यांक परराष्ट्रसँग छ। यीमध्ये पाँच जना अध्यागमन सम्बन्धी कसुरका कारण इरानी जेलमा छन्। मन्त्रालयले उनीहरूको रिहाइ र स्वदेश फिर्तीका लागि प्रयास गरिरहेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार