काठमाडौं : बागमती प्रदेशका सहकारी संस्थाहरुको समस्या समाधानका लागि साझा प्रयास विषयक एक दिवसीय अन्तरक्रिया गोष्ठी शुक्रबार सम्पन्न भएको छ । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) र बामती प्रदेश सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आयोजनामा भएको गोष्ठीले ३ बुँदे घोषणा पत्र समेत जारी गरेको छ ।
बागमती प्रदेशका १३ वटै जिल्ला बचत तथा ऋण सहकारी संघ र बागमती प्रोस्कूनले सहकारी क्षेत्रको समस्या समाधानका लागि ३ बुँदे घोषणा पत्र जारी गरेका हुन् ।

सञ्जालमा आवद्ध सदस्य सहकारी संस्थाहरुलाई सर्वमान्य मानकहरुको आधारमा वर्गिकरण गरी सेवा प्रदान गर्ने बागमती प्रदेश भित्रका सबै बचत संघहरुले आगामी आर्थिक वर्षबाट आवश्यक प्रबन्ध मिलाउने प्रतिवद्धता सम्पूर्ण संघहरुले गरेका छन् ।
त्यस्तै वित्तीय सहकारी संस्थाको सञ्चालक हुन न्यूनतम योग्यता तोक्नका लागि प्रत्येक संस्थाले फिट एण्ड प्रपर टेस्टको विधि निर्माण गरी कानुनी रुपमा वैधता प्राप्त गर्नका लागि नियामक निकायसँग पैरवी गर्नुका साथै अभियानमा अभ्यास आरम्भ गर्न प्रतिवद्ध रहेको छ ।
त्यसैगरी संघको साझा कार्यसूचीहरु निर्माण गरी सोही कार्यसूचीका आधारमा सेवाको विविधीकरण गर्न संघहरुले प्रतिवद्धता जनाएका छन्।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com